ज्योती मगर र भुमिका गिरीले ल्याईन् बिकृती (भिडियो)



सैघाली खबर, २ साउन ।

तीज पर्व नजिकिए संगै तीजका गीतहरु निस्कने क्रम बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक कहानी लिएर ज्योति मगर र भूमिका गीरीको तीज धमाका गीत ‘विकृति’ युट्युबमा रिलिज भएको छ। दुइ गायिकाहरु आपसमा आरोप प्रत्यारोप गरेर रोचक किसिमको गीत तयार पारेका छन्।

भूमिका गिरि नयाँ पुस्ताकी आशालाग्दी गायीका हुन् भने ज्योति मगर नेपाली लोकदोहोरि कि ब्राण्ड हुन्। स्टेज कार्यक्रमहरुमा दुवै गायीका आफ्नो आफ्नो स्तरमा ब्यस्त नै छन्। दुवैको प्रस्तुतीकरणको आफ्नो आफ्नो फरक प्याटर्न रहेको छ। ज्योति मगर ग्ल्यामर प्रस्तुतिको लागि चिनिन्छिन भने भूमिका गिरि स्टेज प्रस्तुतिमा जातीय पोशाकहरु बढी प्रयोग गर्छिन।

गीतमा पनि त्यहि किसिमका आरोपहरु भूमिकाले ज्योतिलाइ लगाउने र ज्योतिले त्यो आरोपको खण्डन गर्ने गरेका छन्। ज्योति मगर र भूमिका गिरीको स्वर रहेको गीतमा शब्द नेत्र अर्यालको र लय खेम सेंच्युरी रहेको छ भने गीतको भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन्। त्यस्तै राजेश घिमिरेले खिचेको उक्त भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन्।

ज्योति मगर, भूमिका गिरि, मालती घले, अन्जिला वाइवा, सबिता परियार र सिमा घर्तीले अभिनय गरेको भिडियो भूमिका गिरीको आफ्नै युट्युब च्यानल बात सार्वजानिक भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्