प्रचण्डकी नातिनी स्मितालाई सरोजको प्रश्न, कस्ले किनिदियो कान्छी छन्छन् बज्ने चुरा ?



सैघाली खबर, ४ साउन ।
नवगायिका स्मिता दाहाल र गाएक सरोज ओलीको स्वरमा रहेको ‘पानी कुवाको’ बोलको गित एतिबेला युट्युबमा हिट बनेको छ। कार्टुन्ज क्रुले फिचरिङ गरेको भिडियो युट्युब ट्रेन्ड तीनमा परेको छ।

यो संगै सरोज र स्मिताको चर्चा फेरि चुलिएको छ। शुभ मिडिया होमले बजारमा ल्याएको गीतमा कार्टुन क्रू समुह, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालले अभिनय गरेका छन्।

कबिराज गहतराजले निर्देशन गरेको गीत दिनेश थपलियाले लेखेका हुन । यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन भन्ने बोलको उक्त  गीत पनि निकै चर्चित भएको थियो । गायिका स्मिता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।

यसैबिच सरोज ओलीको पनि यतिबेला चर्चा निकै चुलिएको छ । उनले जति पनि गित निकालेका छन् सबै गितहरु सुपर डुपर हिट बेनका छन् । यस अघि उनले बजारमा ल्याएका माछिले खाने खोलीको लेउ, जता–जता पिरतिको बाटो, आई लभ यु लगाएतका गितहरु पनि निकै हिट बनेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्