दाङमा बैकल्पिक विमानस्थल निर्माण सन्दर्भ



 

 

 

                                   हरिप्रसाद पाण्डेय

दाङ, ५ श्रावन ।  नेपालका ७७ जिल्ला मध्य पाँच नम्बर प्रदेश अन्तर्गतका १२ जिल्लाको करिव वीच भुभागमा पर्ने दाङ जिल्ला भित्री मधेश क्षेत्रमा पर्छ । ८२ं २’ देखि ८२ं ५४’ पुर्विदेशान्तर र २७ं ३६’ देखि २८ं २९’ उत्तरी अक्षांश वीचमा २९५५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । दाङ उपत्यका एशिया महादेशको दोश्रो ठूलो उपत्यकाको रुपमा चिनिदै आएको छ । हावापानीको दृष्टिकोणले दाङ जिल्लामा ३ किसिमको जलवायु पाईन्छ । दक्षिणी क्षेत्रमा उष्ण जलवायु ,मध्य भुभागमा उपोष्ण जलवायु र उत्तरी पहाडी क्षेत्रमा सितोष्ण जलवायु पाईन्छ । विश्वकै सवैभन्दा ठूलो त्रिशुल रहेको पाण्डवेश्वर शिवमन्दिर धारपानी लगायतका सयौं मठमन्दिरहरु, बाह््रकुने ताल लगायतका दर्जनौं प्राकृतिक तालतलैयाहरु, पुरन्धराको छहरा लगायतका कयौं मनोरमायुक्त झरनाहरु, सोरेठीनाच भुमेनाच लगायतका अनेकौं सांस्कृतिक क्रियाकलापहरुले दाङ जिल्ला पर्यटन पुर्वाधारको प्रशस्तै संभावना बोकेको विशाल उपत्यकाको रुपमा आफ्नो पहिचान दिदै आएको छ । यस्तो अनुपम उपत्यकामा अन्तर्राष्ट्रियस्तरकै बिमानस्थलको परिकल्पना सम्म गर्नुलाई पनि सकारात्मक शोच मान्नुपर्ने हुन्छ ।

सार्वभौमसत्तासम्पन्न नेपाली जनताको ईच्छा, आकांक्षा, आवस्यकता र भावनालाई सम्मान गर्दै नेपाल सरकारले प्रत्येक बर्ष बजेट बक्तव्य मार्फत आगामी बर्षको कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसै अनुरुप नेपाल सरकारले आ.व. २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा दाङ जिल्लामा बैकल्पिक विमानस्थल निर्माणगर्ने प्रस्ताव अगाडी सारेको देखिन्छ । संघीय सरकारको नीति तथा कार्यक्रम र बजेट, पाँच नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि सञ्चार माध्यममा अनेकौं सकारात्मक तथा नकारात्मक प्रतिकृयाहरु छताछुल्ल हुन पुगेका छन् । बैकल्पिक बिमानस्थल निर्माणगर्ने कार्य सफल बनाउन सर्वदलिय,सर्वपक्षिय सकारात्मक दृष्टिकोण विकसित हुन अत्यावस्यक देखिन्छ । दाङमा बैकल्पिक बिमानस्थल निर्माण सन्दर्भमा एउटा सचेत नागरिकको हैसियतले यो पङतिकारले पनि नेपालको स्थायी सरकार मानिने निजामती प्रशासनमा आफ्नो ३४ बर्षको अनुभवलाई उपयोग गर्दै तपसिल बमोजिमका सुझावहरु प्रस्तुत गर्ने धृष्टता गरेको समादरणीय पाठक ज्यूहरु समक्ष हार्दिक निवेदन गर्दछु ।

१) बैकल्पिक बिमानस्थल निर्माणको अवधारणा सार्वजनिक गर्नुपर्ने  नेपाल सरकारले टरिगाउँ बिमानस्थलको विकल्पमा बैकल्पिक बिमानस्थल निर्माण गर्न खोजिएको होईन । अन्तर्राष्ट्रियस्तरकै बिमानस्थल निर्माण गर्ने हो । यस्को औचित्य पुष्टिगर्दै सार्वभौमसत्तासम्पन्न दाङवाशीहरु समक्ष बिमानस्थल निर्माण गर्ने विस्तृत विबरण सहितको अवधारणा पत्र सार्वजनिक गरी जनताको अभिमत लिएर मात्र कार्यान्वयनमा जादा राम्रो होला ।

२) प्रस्तावित बिमानस्थल भित्रको निजी तथा सरकारी सार्वजनिक जग्गाको एकिन लगत तयार गर्ने  बैकल्पिक बिमानस्थल निर्माण गर्न प्रस्ताव गरिएको घोराही—तुलसीपुर सडकको पाँचसय मिटर उत्तरतर्फ घोराही उपमहानगरपालिकाको वडा नं. १०, ११ र १२ मा रहेका निजी तथा सरकारी जग्गाको एकिन लगत तयार गरेपछि
जग्गाधनिहरु संग अन्तरक्रियागरी रायसुझाव लिई निजहरुको सहमतीमा उपयुक्त बशोवासको नयाँ व्यवस्था गर्न स्थानीय चलनचल्तीको मुल्यमा उक्त सम्पूर्ण जग्गाको मुआब्जा एकमुष्ट भुक्तानी गरेर मात्र प्रस्तावित बैकल्पिक विमानस्थल निर्माण कार्य प्रकृया अगाडी बढाउदा उपयुक्त होला ।

३) वातावरण प्रभाव मूल्याङ्कन  प्रस्तावित बैकल्पिक विमानस्थलको चौहदी निर्धारण गरेपछि वाताबरण ऐन, २०५३ बमोजिम चारकिल्ला खोली वाताबरण प्रभाब मूल्याङ्कन गरेर आम जनताको जनभावना अनुरुप निर्माणकार्य शुभारम्भ गर्दा जग्गाधनिहरुमा विमानस्थलप्रतिको अपनत्व अनुभूति हुन्छ । तव मात्र कार्यान्वयन प्रभावकारी हुन जान्छ ।

४) पाँच नम्बर प्रदेशको राजधानी दाङ र बैकल्पिक बिमानस्थल  प्रदेश नम्बर पाँचको राजधानी दाङलाई तोकेपछि बैकल्पिक बिमानस्थलको आवस्यकतापर्ने विषयमा आम स्थानीय जनसमुदायले स्वतः महसुस गर्दैजाने भएकोे हुदा सानातिना मतभेद आफैमा निराकरण हुनगई विमानस्थल निर्माण कार्य विना अवरोध अगाडी बढन सक्दछ ।

५) बिमानस्थलको धावनमार्ग प्रवेश क्षेत्रको भौतिक पुर्वाधार विकास  अन्तर्राष्ट्रियस्तरका हवाई जहाज अवतरण गर्न सक्नेगरी प्रस्ताव गरेको भनिएको बैकल्पिक बिमानस्थलको धावनमार्ग (रनवे) को लम्बाई करिव ६—७ किलोमिटर हुनु पर्दछ । उक्त क्षेत्रको चारैदिशा भित्र बृहत्तर भौतिक पुर्वाधार बिकास कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । तवमात्र स्थानीय जनसमुदायले विमानस्थल प्रति अपनत्वभाव प्रकट गर्दै निर्माण कार्यमा योगदान पु¥याउने देखिन्छ ।

६) पर्यटन पुर्वाधार विकास  दाङ जिल्ला आफैमा पर्यटक आकर्षण गर्न सक्ने धेरै मनोरमायुक्त क्षेत्र भएको प्राकृतिक सम्पदाको धनि जिल्ला हो । यहाँ भएका पर्यटन पुर्वाधारहरुको विकास गर्दैजादा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पर्यटकहरु दाङ जिल्लाको समसितोष्ण हावापानीमा रमणीय पर्यटन क्षेत्र अवलोकन भ्रमणगर्न आउने भएकोले बैकल्पिक बिमानस्थल निर्माण गर्न आम स्थानीय जनसमुदाय आफै उत्प्रेरित हुदैजाने देखिन्छ ।

७) नयाँ सडक निर्माण तथा विस्तार  भौतिक पुर्वाधार विकासको पहिलो खुडकिलो भनेकै सडक निर्माण हो । दाङ जिल्लाका १० वटै स्थानीय सरकारले एकआपसमा सडक सञ्जाल जोडेर यातायात सुगमता बनाउन २०७५ देखि २०८५ सम्मको एक दशकलाई सडक बर्ष घोषणा गरौं । यातायातको लागि सडक पुर्वाधार पछिको विकास भनेकै हवाई मार्ग हो । जसबाट आम दाङवाशीहरु बैकल्पिक बिमानस्थलको खोजीमा आफै अघिसर्ने छन् ।

८) सिचाई नहर निर्माण  बैकल्पिक बिमानस्थल निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्र घोराही उपमहानगरपालिका—वडा नं. १०,११,१२ गुर्जे खोला र हापुर खोलाको वीचमा पर्छ । यी दुवै खोलाबाट सिचाई हुने जमिन प्रस्ताव गरिएको विमानस्थल भन्दा दक्षिण क्षेत्रमा समेत पर्ने भएकोले उक्त क्षेत्रको जमिन सिचाई गर्न हापुर खोलाको पुर्वि किनारा र गुर्जे खोलाको पश्चिमी किनाराबाट ठूला नहर निर्माणगर्ने प्रस्ताव पनि बैकल्पिक बिमानस्थल निर्माण संगै ल्याउनु उपयुुक्त होला ।

९) राष्ट्रिय गौरवको योजनाको पहिचान  अन्तर्राष्ट्रियस्तरको बैकल्पिक बिमानस्थल निर्माण योजना मुलुककै गौरवको ठूलो योजना हो । यो बिमानस्थल निर्माण कार्य सम्पन्न भएपछि दाङ जिल्लाको मात्र आर्थिक बिकास नभई मुलककै अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुग्न जान्छ । यस्तो बहुपक्षिय योजनाको विषयमा स्थानीयवाशीलाई पुर्ण जानकार बनाउदा कार्यान्वयन प्रभावकारी हुन सक्छ ।
१०) जग्गाधनिहरुको जनभावनाको कदर/ सम्मान  नेपालको संविधान, २०७२ को धारा २५ ले नेपाली नागरिकको सम्पतिको हक सम्बन्धी व्यवस्था गरेको छ । संविधान प्रदत्त हकाधिकारको संरक्षण गर्दै बैकल्पिक बिमानस्थल निर्माण गर्ने भनिएको प्रस्तावित क्षेत्रका जग्गाधनिहरुको जनभावनाको कदर सम्मान गर्नुपर्ने हुन्छ । बिमानस्थल निर्माण कार्यको निर्णय प्रकृयामा समवद्ध जग्गाधनिहरुको प्रतिनिधिलाई सहभागी गराउदा कार्यान्वयन प्रभावकारी होला ।

११) औद्योगिक क्षेत्र निर्माण  दाङ जिल्लामा मझयौला तथा ठूला उद्योग स्थापना गर्न औद्योगिक क्षेत्र निर्माण कार्य छिटै शुरु गर्नुपर्ने हुन्छ । ठूला उद्योग सञ्चालनमा आयपछि सयौं यात्रु एकैपटक आउन जान सक्ने ठूलाठूला बिमानको आवस्यकता महसुस हुने भएकोले बैकल्पिक बिमानस्थल निर्माण गर्न सवै तहतप्काको हातेमालो हुन्छ ।

बैकल्पिक बिमानस्थल निर्माणगर्ने प्रस्तावित कार्यक्रमलाई कुनैपनि राजनीतिक दलले राजनीतिक अभिष्ट पुरागर्ने उद्देश्यले लोकपृय नाराको रुपमा उपयोग गर्नु हुदैन । दाङ जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरु, दश वटै स्थानीय सरकार, बिमानस्थल निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्रका सवै जग्गाधनि, नागरिक समाज, उद्योगपति, व्यापार व्यवसायी, प्राध्यापक÷शिक्षक तथा बिद्यार्थी, विभिन्न पेशागत संघसंस्था, राष्ट्रसेवक, राज्यको चौथो अंग मानिने सञ्चारकर्मी लगायत आम दाङवाशीहरुले होस्टेमाहैसे गर्दै एकजुट भयर राष्ट्रिय गौरवको बैकल्पिक बिमानस्थल निर्माण गर्ने जस्तो स्तुत्य कार्यमा सहभागी भई सफलता पुर्वक कार्यान्वयन गर्न गराउन लागिपरौं भन्दा अत्युक्ति न होला । लेखक ः नेपाल सरकारको पुर्व उपसचिव हुनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्