प्रियंकाको हट सीन कथा काठमाण्डु मा



 

आहाना फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कथा काठमाण्डु’ को हालै रिलीज भएको गीत ‘रातको कुरा शहरभरि’को चर्चा अचेल देशैभरि जसो चल्न थालेको छ ।

चलचित्र कथा काठमाण्डुको गीत रातको कुरा गत आइतवारमात्र सार्वजनिक गरिएको थियो । लोकप्रिय गायिका इन्दिरा जोशीले गाएको उक्त गीत अहिले सामाजिक संजालमा युवाहरु माझ चर्चाको विषय बनिरहेको छ । गीतको रचना साथै संगीत प्रदिप बास्तोलाले दिएका छन् ।

गीतलाई लिएर मिश्रित खालका प्रतिक्रियाहरु सामाजिक संजालमा आइरहेका छन् । यो न्यूज तयार हुँदासम्म युट्युबमा यो गीतको भ्यूज ५ लाख कटिसकेको छ । दुई दिन भित्र ५ लाख भ्यूज कट्नु नेपाली बजारमा ठुलै रेकर्ड मान्नुपर्छ ।

विशेष गरेर गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरिको हट बेड सिनलाई लिएर यो गीतको निकै चर्चा भइरहेको हो । युट्युबले पनि यो गीतलाई १८ वर्ष भन्दा माथिकाले मात्र हेर्न मिल्ने बनाएको छ । यो गीत हेर्न युट्युबमा साइन इन गरी आफ्नो वर्ष खुलाउनुपर्ने हुन्छ ।

 

गत आइतबार यो गीत रिलिज भएलगत्तै नै गीत शेयर गर्ने र कमेन्ट गर्ने क्रम जारी भएको थियो । निकै नै बोल्ड देखिने यो गीतको छायाङ्कन कसरी गरियो होला भन्ने विषय नै दर्शकको चासो बनेको देखिएको छ ।

छायाङ्कनको विषयमा छायाङ्कार लुःजः सिंहले यसमा आफुले भिज्युअल साइकलोजीको प्रयोग गरेको बताए । गीतमा देखाइएका सीन कथाको माग अनुसार नै भएको र दर्शकमाझ उत्सुकता जगाउने खालले छायाङ्कन गरिएको सिंहले बताउनुभयो । छायाङ्कार लुःजः सिंह नेवाः फिल्म सोसाईटीका अध्यक्ष पनि हुनुहुन्छ ।

सामाजिक प्रेमकथामा आधारित भनिएको चलचित्र कथा काठमाण्डु आउँदो असोजमा रिलिज गर्ने तयारीमा रहेको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरिको साथै सन्ध्या केसी, संजोग कोइराला, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका रहेको छ ।

प्रेक्षा अधिकारीले कथा काठमाण्डुकै छायाङ्कार लुःजः सिंहले निर्माण गरेको चलचित्र नभ्यबाट डेब्यु गरेकि थिइन् भने उनको पहिलो रिलिज भने कथा काठमाण्डु हुने भएको छ ।

साथै प्रियंका र आयुष्मानको लभ स्टोरी पनि यसै चलचित्र कथा काठमाण्डुबाट शुरु भएको थियो । यी दुइ बीच केहि दिन अघिमात्रै इङ्गेजमेन्ट भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्