दीपिकाले खोलीन रणवीरसँग ब्रेकअप हुनुका कारण



कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् ।

तर यो ब्रेकअपको जिम्मेदार को हुन् भन्ने खुलासा भने एक इन्टरभ्युमा दीपिकाले गरेकी छिन् । दीपिकाले रणवीरको नामै नलिइकन आफ्नो सम्बन्ध टुट्नुको दुःख व्यक्त गरिन् ।

एक इन्टरभ्युमा दीपिकाले भनिन् ‘मैले उस्लाई रङगेहात पक्रेको थिए, यहि त्यो समय थियो जब मैले सबै इमोशन भुलेर अलग हुने निर्णय गरे ।’

मेरो लागी कसैको पर्सनल हुनु शारीरिक सम्बन्ध जरुरी छैन । मलाई लाग्छ यसको लागी आफ्नो भावनासँग जोडिनु महत्वपुर्ण छ । म यस्तो सोच्छु, सबैको सोच यस्तो होस् यो जरुरी छैन ।

जब म रिलेशनमा थिए धेरैले भने उस्लो तिमिलाई धोका दिइरहेको छ । म आफैपनि यो कुरा जान्थे तर उस्ले मेरो अगाडि रिलेशनको भिग मागेको देखेर दोस्रो मौका दिए । यति हुदाहुदै पनि एकदिन मैले उस्लाई रङगेहात पक्रे ।

दीपिकाले भनिन्, ‘मैलै कहिल्यै रिलेशनमा हुदा कसैलाई पनि धोका दिइन् किनकि यस्तै गर्नु भन्दा त सिंगल हुनु नै राम्रो ।’

दीपिकाले दिलमा लुकाएको सबै राज खोल्दै भनिन्, ‘जब उस्ले पहिलोपटक धोका दियो यस्तो लाग्यो हाम्रो सम्बन्धमा कहिले नि कुनै कुरा सहि नै थिएन त्यसैले सबै भयो । तर जब धोका दिनु कसैको बानी हो भने रिलेशनमा सबै कुरा दिएर पनि हार्नुपर्दो रहेछ । मैले आफ्नो सम्बन्धमा सबै दिए तर फर्केर आउछ भन्ने आशा गरिन् ।’

तर भरोसा टुटेपछि तपाइको नजिकको मान्छे प्रतिको सबै भावनाहरु हराउदछ । ब्रेकअप पछि मैले धेरै दिन रोएर बिताए । समय बित्नुका साथै राम्रो व्यक्ति बने र अगाडि बढे ।

भन्ने हो भने दीपिका पादुकोण र रणवीर कपुर २००७ सालको ‘बचना ऐ हसीनो’ फिल्मको समयमा नजिक भएका थिए । स्रोेतका अनुसार दीपिकाले राणवीरको नामाको ट्याटु पनि बनाएकी थिइन् ।

आजकाल दीपिका पादुकोण रणवीर सिंहसग डेट गरिरहेकी छिन् । यी जोडी चाडै विवाहमा पनि बाधिन सक्छन् । यता रणवीर कपुर भने आलिया भट्ट लाई डेट गरिरहेका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्