शर्मालाई १० अर्व भ्रष्टाचारको अभियोग



काठमाडौँ १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

श्र्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध पनि मुद्दा दायर भएको हो । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै भ्रष्टाचार भएको ठहर गरेको छ ।
शर्मा अख्तियारको हिरासतमा छन् भने महत र ढकाल भने फरार छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्