झरनाको रोजाईमा अनमोल र सलोन



सैघाली खबर, ३१ भदौ ।

सलोन बस्नेत दर्शकका लागी प्रिय नाम हो।  उनको फ्यान फलोइंग निकै राम्रो छ।  उनि चलचित्रमा सहायक अभिनेताको रुपमा चर्चित रहेका छन्।  चलचित्रका मुख्य अभिनेतालाई नै छायाँमा पर्ने क्षमता उनमा रहेको छ।  चलचित्र ‘ए मेरो हजुर’ मा सलिनमान बनियाँलाई सलोनको अभिनयले छायाँमा पारेका थिए।

यहि शिलसिलामा चलचित्र ‘ए मेरो हजुर ३’ मा सलोन जोडिएका छन्। असोज पहिलो साताबाट फ्लोअरमा जाने चलचित्रमा सलोन निर्विकल्प भएको बताउदै निर्माण टिमले उनलाई लिएको हो। चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेका छन्. सुहाना निर्देशक झरना थापाकी छोरी हुन्।

चलचित्रमा अनमोल केसी ‘प्रेम’ को भूमिकामा देखिदैछन्। उनि यसमा एक गायकको भूमिकामा देखिदैछन् भने सुहाना उनको फ्यानको भूमिकामा देखिदैछिन्। अनमोल र सलोनाको यो तेश्रो सहकार्य हो । दुवैले यसअगाडी साथ काम गरेका ‘होस्टेल’ र ‘गाजलु’ दुवै चलचित्र हिट बनेका छन्। सफल चलचित्र ‘ए मेरो हजुर २’ पश्चात दोश्रो चलचित्र निर्माणमा जुटेकी झरनाको यो चलचित्रले बर्षको हिट चलचित्रमा गनिने धेरैले आंकलन गरेका छन्।  चलचित्र चैत्र २९ गते गतेबाट रिलिज हुदैछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्