आर्यन र शृष्टि कलेजमा



सैघाली खबर, ३१ भदौ ।

रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘बाँध मायाले’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा पुगेर प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले जानकारी गराएका छन् ।

आइतबार बिहान राजधानीका दुई वटा कलेजमा पुगेको चलचित्र टिमले सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य राखेको छ  । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र चलचित्रका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।

ती कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले बाँध मायाले बारेमा जानकारी गराएका थिए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफ र सेल्फी लिएका थिए ।  लभ स्टोरी चलचित्र असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्