सैघाली खबर, १ असोज ।
जापानमा पहिलो सुर्य इन्टरनेशनल अवार्ड सम्पन्न भएको छ। अवार्डका लागी ५० जनाको टोलि पुगेको जापान पुगेको थियो। जापानमा समपन्न अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउछु’ बाट पूजा शर्मा र पल शाह उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन। गएको बर्ष रिलिज भएको चलचित्र’म यस्तो गीत गाउछु’ सफल चलचित्रको रुपमा गनिएको थियो।
चलचित्रमा पल र पूजाको जोडीलाई निकै राम्रो तारिफ मिलेको थियो। त्यस्तै अनमोल केसी र साम्रागी राज्य लक्ष्मी शाहले पपुलर अभिनेता अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन्। अनमोल र साम्राज्ञी पछिल्लो पुस्तामा निकै राम्रो फ्यान फलोइंग भएका कलाकारमा गनिने गर्दछन्। दर्शकले दिएको भोटका आधारमा अवार्ड वितरण गरिएको थियो। यस्तै उत्कृष्ट निर्देशकको अवार्ड म यस्तो गित गाउँछु बाट सुदर्शन थापाले उचालेक छन् । यस्तै सपोर्टिङ्ग पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउतले अवार्ड हात पारेका छन् ।
आयोजकले भोटिङ्गको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको चलचित्रबाट नायक, नायिका, निर्देशक र चलचित्र गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र चलचित्रमा छक्का पञ्जा २ रहेका छन् । नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड(२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल सदबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मन(२०१८ प्रदान गरिएको छ ।
निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका सामिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता(२०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्कृत गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्क्रिष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्क्रिष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।