एलजी सिने अवार्डः कुन बिधामा को भयो उत्कृष्ट ?



सैघाली खबर, १ असोज ।

एलजी तेश्रो सिने सर्कल अवार्ड सम्पन्न भएको छ। बलिउड अभिनेता गोविन्दाको बिशेष आथित्यतामा सम्पन्न भएको अवार्ड समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख अतिथिको रुपमा रहेका थिए। हरेक बर्ष आयोजना हुने अवार्डमा यो बर्ष २३ विधाका उत्कृष्टलाई सम्मानित गरिएको थियो। त्यस्तै बरिष्ठ निर्देशक किशोर रानालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने अभिनेता पुष्प खड्काले क्रिटिक्स अवार्ड जित्न सफल भएका थिए।

यस्तो छ उत्कृष्टको नामावली:

१. उत्कृष्ट पोस्टर: शान थापा/ विजय वस्याल (शत्रुगते)
२.उत्कृष्ट ट्रेलर: सुरेन्द्र पौडेल (कृ)
३.उत्कृष्ट स्टन्ट: सिम्पसन तामंग (पिंजडा ब्याक अगेन)
४. पपुलर गीत: कुटुमा कुटु (२ रुपैया)
५. उत्कृष्ट भिएफएक्स: माओत्सुगु मिकामी (माइ लभ)
६. प्रशंसनिया चलचित्र: पंचायात
७.पपुलर अभिनेता: प्रदिप खड्का (लिलिबिली)
८. पपुलर अभिनेत्री: प्रियंका कार्की ( छक्का पन्जा)
९. उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ( शत्रुगते)
१०. उत्कृष्ट पार्श्व ध्वनी: एलिश कार्की (लिलिबिली)
११. उत्कृष्ट पटकथा: शिशिर राणा/सुशील क्षत्री/सुमन उप्रेती/ साकार ओझा (तिमि संग)
१२. उत्कृष्ट पार्श्व गायन पुरुष: सुगम पोख्रेल( भन्छु आज / म यस्तो गीत गाउछु)
१३. उत्कृष्ट पार्श्व गायन महिला : मेलिना राई (कुटुमा कुटु/ दुइ रुपैया)
१४.उत्कृष्ट अन स्क्रिन कपल : रमेश उप्रेती र दीपिका प्रसाईं
१५. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल, भन्छु आज
१६. उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (कुटुमा कुटु)
१७. उत्कृष्ट छायाँकार. विदुर पाण्डे (भुइँमान्छे)
१८. उत्कृष्ट एक्सन निर्देशक: चन्द्र पन्त (कृ)
१९. उत्कृष्ट नायिका : नीता ढुङ्गाना (पञ्चायत)
२०. उत्कृष्ट नायक: नाजिर हुसेन (तिमि संग)

२१.  उत्कृष्ट निर्देशक : नवराज बुढाथोकी, भुइँमान्छे
२२. उत्कृष्ट चलचित्र : तिमीसँग

क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्