इन्टु मिन्टु लण्डनमा, धुम ३ र बाँध मायाले कस्ले मार्ला वाजी ?



सैघाली खबर, ५ असोज ।

असोज ५ गते, शुक्रबार हलमा ३ वटा नेपाली फिल्म प्रर्दशनमा आएका छन् । ‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धुम ३’ ले एक आपसमा हल बाँडेका छन् ।

‘इन्टु मिन्टु लण्डनमा’

रेनशा वान्तवा राईको निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा साम्राज्ञी राज्य लक्ष्मी शाह, नव नायक धिरज मगर, सारुक ताम्राकारको मुख्य भूमिका रहेको छ । यो फिल्मबाट नायक धिरज मगरले डेब्यू गर्दै छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा, विबेक लिम्बू लगायतको कलाकारहरुको अभिनय रहेको छ । प्रेम कथामा आधारित फिल्म इन्टु मिन्टु लण्डनमाको ‘उडायो हावाले’ बोलको गीतले निकै चर्चा कमाएको छ । फिल्मको अधिकांश छायांकन नेपाल र लण्डनमा गरिएको छ । सम्पादन कृष्ण भण्डारीको रहेको छ ।

‘धुम ३’

जय किसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको फिल्म ‘धुम ३’ मा अलिना रायमाझी, जय किसान बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उक्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बाँध मायाले’

काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म cमा आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ । साथै राजराम पौडेल, रबिन्द्र प्रताप सेन र विशाल चामलिङ्ग लगायतका कलाकारहरुको अभिनय छ । प्रेम कथामा आधारित छ फिल्म बाँध मायाले लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पादन राजु ढुङ्गानाले गरेका छन् भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा संगीत अर्जुन पोखरेलको रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्