‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक, प्रदर्शन मिति कहिले ?



सैघाली खबर, ६ असोज ।

शनिबार ट्रेलर सार्वजनिक गर्दै ‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । शनिबार गरिएको प्रेसमिटमा निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ घटस्थापनामा प्रदर्शन हुने जानकारी गराए । लामो समयको छलफलपछि ‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति तय गरेका दीपकले सँगै लाग्ने भनेर चर्चा गरिएको फिल्म ‘जय भोले’ को पनि रिलिज मिति घोषणा गरे । ‘छक्का पञ्जा ३ घटस्थापनामा जय भोले फूलपातीमा’, दीपकले प्रेसमिटमा सप्राइज दिए । ‘जय भोले’ का निर्माता अशोक शर्मा सँगको सहमतीमै प्रदर्शन मितिमा तारतम्य मिलाइएको दीपकले बताए ।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ को प्रोमोमा कमेडी पञ्चसँगै विषयवस्तुलाई पनि प्राथमिकतामा राखिएको छ । ग्रामाणि शिक्षाको महत्व सम्बन्धी कथा बोकेको फिल्ममा दिपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, विल्सन विक्रम राई, शिवहरी पौडेल, किरण केसी, निर शाह, लक्ष्मी गिरी, अनुरागमान सिंह कुवर लगायत कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत दिएका छन् । फिल्ममा समावेश पहिलो नम्वरमा गीत सुपरहिट भैसकेको छ भने कालै पल्केला गीतले पनि दर्शक तथा श्रोताको मन जित्दै छ । फिल्मले कत्तिको मन जित्ला ? यो भने घटस्थापनासम्म प्रतिक्षा गरौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्