‘बादशाह जुट’ को रिलिज मिति कहिले ?



सैघाली खबर, ९ असोज ।

फिल्म ‘बादशाह जुट’ को छायाँकन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली चौरमा लोक लयको गीत छायांकन गरिएसँगै फिल्मको इण्डक्ल्याप भएको हो । यद्पी निर्देशक जोनी सिंह राणाले फिल्मको एक गीत पछि खिच्ने बताए ।

छायांकन सुरु भएको लामो समय भएता पनि ६० दिन जति मात्रै क्यामेरा अन गरिएको उनको निर्देशक राणाको भनाई छ । ‘बादशाह जुट’ इण्डक्ल्यापसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल फिल्म रिलिज हुने निमार्ता भोजराज श्रेष्ठको भनाई छ ।

फिल्म दुई राजाको कथामा आधारित छ । फिल्म ’बादशाह जुट’ मा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने नायिका प्रियंका कार्की विषेश भुमिका रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्