गायक कृष्ण रेउलेले पाए अन्तराष्ट्रिय अवार्ड



सल्यान १२ असोज ।  गायक कृष्ण रेउले अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित भएको छन् ।हालै अष्ट्रृलियामा सम्पन्न बाबा राप्ती अन्तर्रा्ष्ट्रिय अवार्ड २०१८ अन्तर्गत लोक तथा दोहोरी गायक रेउले सर्वोत्कृष्ट लोक दोहोरी गायक अवार्डबाट सम्मानित भएका हुन ।

सल्यान घर भएका रेउलेले राप्ती समाज अष्ट्रेलियाको आयोजनामा सम्पन्न बाबा राप्ती अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् । गाउंमा हल्ला चल्यो, सरर मलेवा लगायत दर्जनौं लोक तथा दोहोरी गीत गाएका गायक रेउले सम्मानित हुंदा अत्यन्त खुशी भएको बताएका छन् ।साथै सार्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड गायिका राधिका हमालले प्राप्त गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्