स्कुल बस दुर्घटना भएपछि ट्राफिकको ध्यान केन्द्रित



दिपक बोहरा,
तुलसीपुर, १२ असोज ।

तुलसीपुरमा स्कुल बस दुर्घटना भएपछि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चासो दिन थालेको छ । सोमबार तुलसीपुरमा गोर्खा स्कुलको बस दुर्घटना हुँदा भएपछि ट्राफिक प्रहरी कार्यालय दाङ र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सचेतना अभियानलाई तीब्रता दिएका छन् । बिहीबार मात्रै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले यस क्षेत्रका सवारी चालकहरुलाई सचेत बनाएको छ ।

तुलसीपुरको ज्ञान ज्योती स्कुलमा यस क्षेत्रका ६५ जना स्कुल बसका चालकलाई ट्राफिक नियम पालना गर्न निर्देशन दिनुका साथै सचेतना प्रदान गरेको हो । त्यस अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई चन्द्रबहादुर केसीले चालकको लापरबाहीकै कारण धेरै सवारी दुर्घटना हुने गरेको भन्दै यसमा चालक सचेत हुनुपर्ने उनले बताए ।

उनले सीट क्षमता भन्दा बढि बिद्यार्थी नराख्न्, सडकबीचमा जहाँ पायो त्यही गाडि पार्किङ नगर्न, गति सिमित गर्न, बिद्यार्थीलाई चढाउदा ओराल्दा ध्यान दिन निर्देशन दिएका थिए । त्यस्तै बुधबार तुलसीपुरमा बिभिन्न बिद्यालयका ब्यबस्थापन समितिका पदाधिकारी, प्रिन्सीपलहरुसंग अन्तरक्रिया गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा अन्तरक्रिया भएको थियो । त्यस अवसरमा ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन बहादुर कुँवरले बिद्यालयका गाडि चालकलाई बिद्यालय सञ्चालक समिति तथा प्रिन्सीपलले पनि बिशेष ध्यान दिन सुझाब दिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्