हलहरुमा ‘अनुराग’, चलचित्र बारे यस्तो भन्छिन् नायिका (भिडियो)



सैघाली खबर, १३ असोज ।
चलचित्र अनुराग शुक्रबारदेखि देशका बिभिन्न हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । काठमाण्डौँ र काठमाण्डौँ बाहिरका जिल्ला गरी करिब एक सय बढी सिनेमा हलहरुमा चलचित्र प्रदर्शन भईरहेको छ । चलचित्र अनुरागबाट डेव्यु गरेकि नायिका एलिजा गौतम चलचित्र प्रर्दशन भएसंगै निकै उत्साहित भएकि छिन् ।

म्युजिकल लभ स्टोरीमा बनेको चलचित्र भएकाले पनि आफुहरुले दर्शकहरुको साथ पाउने नायिका गौतमको भनाई छ । सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ मा एलिजा गौतम, समुन्द्र पण्डीत, सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको पनि अभिनय छ । नायिका एलिजा गौतसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्