टेलिचलचित्र झ्याउँकिरी आगामी हप्तादेखि, यस्तो छ बिषयबस्तु



सैघाली खबर, १६ असोज ।
हाँस्य टेलिश्रृङ्खला झ्याउँकिरी आगामी हप्ताबाट प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण हुन लागेको छ । निर्देशक ईश्वर तिमल्सिनाका आनुसार काभ्रेपलाञ्चोकको बनेपा जनागाल लगायतका आसपासका क्षेत्रमा छायाङ्कन भएको थियो । उनका अनुसार प्राइम टाइम्स टेलिभिजनमा प्रशारण भएलगतै युटुब च्यानल मार्फत पनि हेर्न मिल्ने व्यवस्था गरिने छ ।

यो टेलिसिरियल सामाजिक विकृति विसंगति, छुवाछुत विरुद्ध र आपसी जातिय सद्भाव बढाउने किसिमले तयार पारिएको कलाकार अरुण दाहालले बताए । उक्त टेलिसिरियल निर्देशक ईश्वर तिमल्सिनाको पहिलो टेलिश्रृङ्खला हो भने यसमा अधिकांस नयाँ कलाकारहरुले अभिनय छ ।

झ्याउँकिरी कराएकै चर्चा परिचर्चा हुने गरी बनाएको यस टेलिश्रृङ्खलामा निर्देशक तिमल्सिना, मनोज त्रिपाठी ,अरुण दाहाल, निरोज पाण्डे लगायतको मुख्य भुमिका रहेको छ । साथै राज घिमिरे, बिपिन दाहाल, सुजन दाहाल,प्रदिप तिमल्सिना ,निराजन तिमल्सिना , बालकृष्ण बजगाई, श्रद्धा अधिकारी, रुपा मैनाली, ललिता घिमिरे, पार्वती रिजाल, सुशीला तिमल्सिना, राजेश्वरी रञ्जित लगायतको अभिनय देख्न सकिनेछ । यस टेलिश्रृङ्खलाको छायाङ्कन सुशील सैंजुले गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्