परमिताले जन्मदिनमा इन्गेजमेन्ट गरेकि हुन् त ?



सैघाली खबर, १९ असोज ।

परमिता राज्यलक्ष्मी राणाले आफनो २५ औ जन्मदिन धुमधामसँग मनाईन । परिमिताले जन्मदिनमा प्रेमी हिसी लोसाङसँग इन्गेजमेन्ट भएको चर्चा चल्यो । तर उनको यस चर्चाको खण्डन गरेकी छन् । आफ्नो जन्मदिनमा आफुले औंठी पाएको तर इन्गेजमेन्ट नभएको पुष्टि गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘म मिडियालाई दोष दिन चाहन्न । म र हिसी अहिले इन्गेज भएका छैनौं, त्यो रिङ २५ औ जन्मदिनको गिफ्ट मात्र हो धन्यवाद !’ उनले आफनो ब्याईफेन्ड भएको बताउँदै आएपनि मिडियामा सार्वजनिक भने गरेकी छैनन । प्रेमी मिडियामा सार्वजनिक गर्दा मै धेरै माया हुने होइन भन्ने जस्ता प्रतिक्रिया पनि परमिताले राख्दै आएकी छन् ।

केहि समय अगाडि आयुष्मान देशराज जोसीसँग रिलेशनशिपमा रहेकी परमिताले नयाँ प्रेमी पाएकी हुन् । आयुष्मानले प्रियंका कार्कीसँग इन्गेजमेन्ट गरेपछि परमिताले पनि इन्गेजमेन्ट गरेको धेरैले अड्कल काटेका हुन् तर यो कुरा सत्य नभएको परमिताले खुलासा गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्