अनमोलको क्याप्टेन कहिले ?



सैघाली खबर, २१ असोज ।

नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ ।

चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । भूवनले अनलाइनखबरसँग भने-‘हामीलाई भीएफएक्सका लागि अझै २ महिना समय लाग्ने भयो । पुष र माघमा सिनेमा रिलिज गर्दा खासै फाइदा हुँदैन ।

यसैले, फागूणमा पुगेका हौं ।’चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्