३७ नेपाली महिलाको उद्धार



काठमाडौं । भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको भारतिय संचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्‍याएको थियो ।

सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो । मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो । ती सात महिलाहरुसँगै भारतसम्म पुर्‍याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएका छन् जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ । उनीहरुलाई आकर्षक तलबको लोभ देखाइएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्