१२ आतंकवादी आक्रमणबाट जोगियो रुस



सैघाली खबर
१३ साउन।

।गएको ६ महिनाको अवधिमा आतंकवादी गतिविधि बढीरहेका बेला रुसले १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ । ‘१३ वटा आतंकवादी आक्रमण दर्ता भएका छन् । त्यस मध्ये १२ ओटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्’ एक रुसी सरकारी अधिकारीले भने ।

आतंकवादीले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतंकवादीले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको उनले जानकारी दिए ।

यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायले १६ वटा आतंकवादी आक्रमणहरुलाई असफल पारेका थिए ।
अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको ज्यान गएपछि रुसले आतंकवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउँदै लगेको सिन्ह्वाले जनाएको छ ।

आतंकवादलाई आर्थिक सहयोग गर्ने विरुद्ध गरिएको र रसियाको अन्य मुलुकसँगको सम्बन्ध सुधारमा सहयोगी हुने अपेक्षा गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गएको बुधबार सरकारले जारी गरेको आदेशमा रसियाले आतंकवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्