शिक्षा मन्त्रीले सानोठिमीको जंग्गा भाडा किन रद्ध गरे



काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडा सम्झौता रद्द गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोेखरेलले मन्त्रीस्तरीय निर्णय गरी सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् ।विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमै कम रकममा जग्गा भाडामा दिएको सूचना पाएपछि मन्त्री पोखरेलले आइतबार जग्गा भाडा सम्झौता रद्द गरेका हुन्। तत्कालीन सरकारले २३ असार ०५२ मा शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालय भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको निर्णयअनुसार क्याम्पसलाई सो जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी भोगचलन मात्र गर्न दिने निर्णय भएको थियो ।

बेचबिखन, हक–हस्तान्तरण, दान–दातव्य गर्न नपाउने गरी क्याम्पसलाई जग्गा दिइएको थियो । क्याम्पसले १३ रोपनी जग्गा सस्तोमा निजी संस्थालाई भाडामा लगाएको थियो । प्रतिरोपनी मासिक झन्डै ६ सयका दरले क्याम्पसले भाडा दिने सम्झौता गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्