भारतलाई चीनको चेतावनीः हामी दुश्मनलाई पराजित गर्न सक्षम छौ



एकातिर डोकलाम सीमा क्षेत्रमा चीन र भारतका सेना आमनेसामनो छन्, दोस्रोतर्फ चीनको सरकारी मिडिया शिन्हुवाका अनुसार चीनका राष्ट्रपति शी जिनपिंगले आर्मी परेडमा दुश्मनलाई पराजित गर्न चिनियाँ सेना सक्षम रहेको बताएका छन् ।
आर्मी दिवसका अवसरमा चीनका राष्ट्रपतिले भने कि चिनियाँले सेना कुनै पनि आक्रमणलाई मात दिनेछ । यो तनावका बिचमै भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल चीन गएका थिए । तर दुवै देशमा अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन ।
चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए)को ९०औं स्थापना दिवसको परेड आयोजना गरियो । यस अवसरमा चीनका राष्ट्रपति शी जिनपिंगले यो विशेष परेड अवलोकन गरे ।


चीनका राष्ट्रपति कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को सेन्ट्रल कमिटिका महासचिव हुन् र सेन्ट्रल मिलिटरी कमिशनका पनि अध्यक्ष रहने व्यवस्था छ।
चिनियाँ मिडियाका अनुसार १९४९ मा पिपुल्स रिपब्लिक अफ चाइनाको स्थापनापछि आर्मी दिवसको स्मरणमा पहिलोपटक परेड आयोजना गरिएको हो । चीनको सरकारी मिडिया शिन्हुवाका अनुसार यस अवसरमा चिनियाँ राष्ट्रपतिले सीपीसी र सबै चिनियाँ नागरिकमाथि गर्व गर्दछन् ।
शिन्हुवालेका अनुसार राष्ट्रपतिले परेडमा आर्मीमा लडाकुपन बढाउनका लागि सुधार र आधुनिकीकरणको आदेश दिए । शिन्हुवाका अनुसार राष्ट्रपतिले भने–इतिहासले सावित गरेको छ कि पीएलए एउटा बहादुर आर्मी हो जुन सीपीसीको आदेशको पालना गर्दछ । देशको सेवा गर्दछ र पूर्णरुपमा वफादार छ । साथै चीन निर्माणका लागि लड्दछ ।


शिन्हुवाका अनुसार शी जिनपिंगले भने–पीएलए सबै आक्रमणकारी दुश्मनलाई हराउन र चीनको राष्ट्रिय सम्प्रभुताको रक्षाका लाग कृतसंकल्प र सक्षम छ । शिन्हुवाका अनुसार उक्त परेडमा शी जिनपिंग खुला जिपमा सवार थिए ।
यसक्रममा आर्मी गीत बजाइएको थियो । परेडमा चीनले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । पीएलएको गठन १ अगस्त १९२७ मा भएको थियो। अहिले यसमा २० लान सैन्यकर्मी छन् । यो संसारकै सबैभन्दा ठुलो सेना हो ।
शिन्हुवाका अनुसार झुरिह आर्मी बेस एसियाको सबैभन्दा ठुलो तालिक केन्द्र हो । यो १००० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । शिन्हुवाका अनुसार यहाँ कयौ ठुला सैन्य अभ्यास भएका छन् । यहाँ अन्तर्राष्ट्रिय वार गेम पनि आयोजना गरिन्छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्