प्रलेसले स्थापना दिवस मनाउने



दाङ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले २६ औं स्थापना दिवस आगामी पुस ३ गतेका दिन मनाउने भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा –शरद)को अध्यक्षता तथा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा शुक्रबार बसेको बैठकले स्थापना दिवश मनाउने निर्णय गरेको हो ।

प्रलेसले स्थापना दिवसका अवसरमा विभिन्न पाँचवटा पुरस्कार प्रदान गर्ने भएको छ । जसका लागि अध्यक्ष भुवन देवकोटाको संयोजकत्वमा पूर्व अध्यक्ष केशव थापा र सल्लाहकार पुरुषोत्तम खनाल रहेको प्रतिभा छनौट समिति गठन गरेको छ ।

प्रलेसले हरेक बर्ष १० हजार रुपैया रासीको प्रगतिशील साहित्य पुरस्कार र चिन्तामणि जमुना साहित्य पुरस्कार, पाँच हजार रुपैया रासीको अनन्त टिका प्रतिभा पुरस्कार, दुई हजार पाँच सय रुपैया रासीको गोविन्द चिस स्मृति दिवस र गोविन्द ज्ञवाली स्मृति पुरस्कार प्रदान गर्दै आएको छ । जसमध्य गोविन्द ज्ञवाली स्मृति पुरस्कार महिला श्रष्ठालाई प्रदान गरिन्छ ।

 

बैठकमा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, प्रलेसका प्रदेश अध्यक्ष केशव थापा, सल्लाहकारहरु पुरुषोत्तम खनाल र शरद अधिकारीले बोल्नुभएको थियो । बैठकले प्रलेसको स्थापना दिवसलाई भव्य र सभ्य तरिकाले गर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्