पत्रकारबाट प्रेमि लुकाउन पसिना छुट्यो सामाज्ञीको



नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । नेपाली चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् साम्राज्ञी। चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ ।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रिजर्भ बस्छिन् । मिडियामा चलचित्र चल्ने समय बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ ।

 

तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनका हरेक गतिविधीलाई नियाल्न सकिन्छ । हुनत, कहिलेकाही यहि दुनियाँले उनलाई तनावमा पनि पारिदिन्छ ।

पछिल्लो समय सामाज्ञी प्रेममा रहेको कुरा पनि चर्चामा छ । केहि दिन पहिले मात्रै पनि राजधानिमा आयोजित एक कार्यक्रममा उनि आफ्नो प्रेमिको साथमा आएको बुझिएको छ ।

तर जव पत्रकारहरुले सामाज्ञीको फलो गरे त्यसपश्चात उनि हतारहतार प्रेमिको कारमा चढेर फर्किएकि थिईन् । प्रेममा रहेकि सामाज्ञीले सार्वजनिक कार्यक्रममा प्रेमि लिएर आउनु तर किन लुकाउन खोज्नु ? भनेर प्रश्न गर्नेहरु पनि धेरै नै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्