एकै दिनमा सुन्दर देखिन अपनाउनुहोस यस्ता घरेलु उपाय…….



सुन्दर र गोरो छाला बनाउन कसलाई मन हुँदैन र ? सुुन्दर बन्ने चाहना सबैमा हुने गर्दछ । प्रकृतिले नै सुन्दर शरिर उपलव्ध गराएका महिलाहरु सुन्दर शरिरको साथमा सुन्दर चेहरा बनाउने विषयमा सोचमग्न हुने गर्दछन् ।

सुन्दर बन्ने चाहनामा धेरै युवतीहरु व्युटी पार्लर धाउने गर्दछन् । यसले पैसा मात्र नभएर समयको पनि बर्वाद हुने गर्दछ । तसर्थ घरमै बसेर यस्ता उपायहरु अपनाउनुहोस । जसले तपाईको सुन्दरतामा छिट्टै परिवर्तन ल्याउने गर्दछ ।

 

 


एकै दिनमा सुन्दर देखिने उपायहरु जान्नका लागि अपनाउनुहोस यस्ता घरेलु उपायहरु
१. चाउरीपन हटाउन के गर्ने
एक चम्चा महमा कागतीको केही थोपा रस मिसाएर लगाउने गर्नाले चाउरीपनको समस्या तुरुन्त हटेर जान्छ ।
२. अनुहार चम्किलो कसरी बनाउने ?
एक चम्चा गुलाब जल र दुधको मिश्रणमा दुुई थोपा कागतीको रस मिसाएर लागाउने गर्नाले छाला कोमल तथा चम्किलो देखिने गर्दछ ।
३. मृत छाला हटाउने सजिलो तरिका
केही टमाटरका टुक्राहरु काटेर अनुहारमा लगाई हल्का मालिस गर्नाले अनुहारमा भएका फोहर तथा काला निला दागहरु हटाउने गर्दंछ । यसबाट छालामा रहेका मृतकोषिका हरुमा ताजा पन देखिन थाल्दछ ।

 


४ तलैया छलाबाट कसरी छुटकारा पाउने ?
एक चम्चा कागतीको रस लिएर त्यसमा एक चम्चा गुलाव जल र अलिकति पिँधेको पुदिना मिसावट गरेर एक घण्टा त्यसै छोडिदिनुहोस । एक घण्टा पछि उत्त मिसावटलाई अनुहारमा लगाएर २० मिनेट जति सुख्खा हुन छोडिदिनुहोस । २० मिनेट पछि मनतातो पानीले अनुहार पखाल्नुहोस । यसबाट अनुहारमा आउने चिपचिप हट्नुका साथै चम्किलो अनुहार प्राप्त गर्न सकिन्छ ।

५. छालामा कसरी निखारपना ल्याउने
छालामा निखारपना ल्याउनका लागि अलिकती चोकरमा एक चम्चा जति पाकेको सुन्तलाको रस, एक चम्चा मह वा गुलावजल मिसाएर मजाले घोलेर पेष्ट बनाउनुहोस । त्यस्तो प्रकारको पेष्ट अनुहार वा गर्दनमा लगाउनुहोस र सुकेपछि मनतातो पानीले धुनुहोस जसले अनुहार तथा छलामा निखारपना आउँदछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्