खाद्य संस्थान तुलसीपुरमा राखिएको चामल कुहीन थाल्यो



सुशिल बस्नेत
दाङ,१९ साउन।

पहाडी जिल्लामा अनुदानमा पठाउने चामल माग हुन छोडेपछि राप्ती अञ्चल खाद्य संस्थान तुलसीपुरमा राखिएको चामल कुहीन थालेको छ । भाडा अनुदानमा चामल वितरण गर्दै आएको राप्ती अंञ्चल खाद्य संस्थान तुलसीपुरको चामल गतवर्ष देखि माग हुन छोडेको हो ।

पहाडी तथा हिमाली जिल्लामा ढुवानीका सार्बजनीक साधान पुग्न थालेपछि खोदाममा मौजाद गरि राखिएको चामल बिक्रि हुन छोडेको हो । बिगत लामो समयदेखि हिमाली तथा पहाडी जिल्लाहरु डोल्पा, रुकुमका विभिन्न केन्द्र तथा सल्यान , प्युठान र दाङका गरी ४ कारागारमा माग भए बमोजीम तुलसीपुर स्थीत अञ्चल खाद्य संस्थानबाट पठाईने गरिन्छ ।

यी ४ जिल्लाका आर्थिक वर्ष २०७२÷०७३ मा ११ हजार २ सय २३ क्वीन्टल चामले खाद्य संस्थान तुलसीपुर खोदामामा खरिद गरिएको थियो । गत बर्षका मौजाद समेत गरि १३ हजार २ सय ९ क्वीन्टल चामल मध्ये ८ हजार ४सय ७३ क्वीन्टल सम्वन्धिीत स्थानमा पठाईएको छ । अझै तुलसीपुर स्थीत खाद्य संस्थाको गोदाममा ४ हजार ६ सय ९० क्वीन्टल चामल कुहीने अबस्थामा रहेको छ ।

भाडमा सरकारी अनुदान दिईएको संस्थानको चामल रुकुम मुसिकोटमा १ हजार ६ सय १ क्वीन्टल, रुकुम शोभागाउँमा ९ सय ७० क्वीन्टल , डोल्पाको दुनैमा १ हजार ९ सय १ क्वीन्टल, डोल्पा जुफालमा १ हजार क्वीन्टल डोल्पा शर्मिमा ५ सय क्वीन्टल डोल्पा लिकुमा ५ सय क्वीन्टल ,सल्यान प्युठान, र दाङका ४ कारागारमा १ हजार ३ सय २० क्वीन्टल तथा दाङमै फुटकर विक्रि ९ क्वीन्टल गरी ८ हजार ४ सय ७३ क्वीन्टल पठाईएको खाद्यसंस्थान राप्तीका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद बताउनुभयो ।

सडक सुधारसगै व्यापारीहरुले पहाडी तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रमा ताजा तथा मसिना चामल पुर्याएको र उपभोक्ताको स्वाद पनि मसिना चामलमै गएकाले संस्थानको चामल विक्रि हुन छाडेको खाद्य संस्थानको भनाई छ ।

 

बिगतमा पहाडी जिल्ला रोल्पा जिल्लामा खाद्य संस्थानले चामल पठाउदा दाङको घोराहीमा १० हजार क्वीन्टल क्षमता भएको गोदाम सञ्चालन गरिएको थियो । हाल रोल्पामा चामल पठाउन बन्द भएपछि र अन्य ठाउँमा पनि चामलको माग कमि हुदै गएपछि उक्त गोदाम भाडामा दिएको चौधरीले बताउनु भयो ।

कार्यालयका अनुसार आर्थिकवर्ष २०७२÷०७३मा कोटाकै चामल १ हजार ९ सय ७३ क्वीन्टल स्टक र आर्थिक वर्ष २०७३÷०७४मा थप भई ४ हजार ७ सय ३५ क्वीन्टल चामल गोदाममै स्टक राखिएको छ । खाद्य संस्थान राप्तीले विरगंज , नेपालगंज वर्दियाको राजापुर र विर्तामोड वाट चामल आपुर्ति गर्दै आएको जनाईएको छ । पहाडी जिल्लामा माग नभएपनि सुगर तथा अन्य बिरामीले रुचाएको उसिना चामल भने खाद्य संस्थानबाट बिक्रि हुने गरेको छ ।

उसिना चामल बिक्रिबाट लागत उठाएर विक्रिगर्न विभागले अनुमति दिएकाले प्रतिक्वीन्टल ३ हजार रुपियाँमा फुटकर उसिना चामल विक्रि गरेको कार्यालयले जनाएको छ । तुलसीपुर स्थीत गोदामबाट हाल सम्म ९ क्वीन्टल चामल विक्रि भएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्