बाहुबलीुका हिरो प्रभासको नयाँ फिल्म आउँदै



‘बाहुबली’का नायक प्रभासको नयाँ फिल्म साहोको शूटिङ शुरु हुने भएको छ ।
फिल्मको हिरोइनको टुंगो नलागेकाले शूटिङ अड्किरहेको थियो । ‘बाहुबली २’ की हिरोइन अनुष्का शेट्टीलाई नै साहोमा हिरोइन राख्ने कुरा भएको थियो तर परिस्थिति अनुकूल भएन ।

अब आएर प्रभासको हिरोइन हुने भएकी छन् श्रद्धा कपूर । त्यसो त श्रद्धाले पनि पहिला त फिल्ममा खेल्न सात करोड भारु मागेकी थिइन् ।

त्यति धेरै रकम दिन नसक्ने भएपछि निर्माताले अर्कै हिरोइन खोजेका थिए । तर अहिले श्रद्धाले पारिश्रमिक घटाएर निर्माताले भने जति लिने सहमति जनाएपछि उनी नै हिरोइन हुने पक्का भएको हो ।

साहोको शूटिङ युरोपका शहरहरू, दुबई, अबु धाबी, हैदराबाद र मुम्बईमा हुनेछ ।

फिल्मको बजेट एक अर्ब ५० करोड भारु छ । यो फिल्म तेलुगु, तमिल र हिन्दीमा रिलिज हुनेछ ।

फिल्मका लागि प्रभासले हिन्दी सिकिरहेका छन् र उनको आवाज अर्काले डब गर्नु नपर्ने भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्