कपाल लामो र सुन्दर बनाउन चाहानुहुन्छ ? यी हुन् उपयोगी टिप्स



कपाल कति लामो बनाउने विषय तपाईंको सोखमा निर्भर हुन्छ । कपालले महिलाको सुन्दरता बढाउँछ । तर, कपाललाई कसरी स्याहार गर्ने भन्ने विषयले पनि यसको निर्धारण गर्छ । धेरैले कपालको खासै स्याहार गर्दैनन् ।

कतिपयले कपाल कोर्नका झन्झटले पनि निकै छोटो बनाएर काट्ने गर्छन् । तर, कोही मानिस यस्ता हुन्छन्, जो जन्मिदै निकै लामो, बाक्लो र चम्किलो कपाल लिएर आउँछन् । यो वंशाणुगत गुणमा पनि भर पर्छ ।

तर, कपाल छोटो हुनेहरू जहिले पनि आफ्नो बारेमा गुनासो गरिरहेका हुन्छन्, ‘मेरो त कपाल नै बढेन । जहिले पनि ठुटोजस्तै भयो ।’ मानिसको आधा सौन्दर्य कपालले ल्याउँछ ।

तसर्थ, आफ्नो पातलो र छोटो कपालप्रति गुनासो र चासो बढ्नुु स्वाभाविकै हो । कपाललाई लामो बनाउने केही टिप्स यस प्रकार रहेका छन् ।

स्याम्पु र कन्डिसनर : हामी कपाल बढ्नु–घट्नुमा सधैँ प्राकृतिक गुण नै हो भन्छौँ । तर, कहिलेकाहीँ हामीले प्रयोग गर्ने स्याम्पु र कन्डिसनरको कारणले पनि समस्या हुन्छ ।

त्यसैले स्याम्पु र कन्डिसनिङको महत्व बुझेर मात्र यसको प्रयोग गर्नुहोस् । तपाईंले प्रयोग गरेको स्याम्पु र कन्डिसनरले कपाल झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुहोस् ।

कैँचीको बारम्बार प्रयोग : बारम्बार काँटछाँट गर्दा पनि कपाल निकै लामो बन्छ । कपाल बिग्रियो, भाँचियो भने लामो हुँदैन । तसर्थ, कपाललाई एउटै सेपमा कोर्नुहोस् र नियमित काँटछाँट गर्नुहोस् ।

जीवनशैली : धुम्रपान, अत्यधिक मदिरा सेवन, मोटोपन र अन्य जीवनशैलीले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । जसका कारण तपाईंको कपाल झर्नसक्छ । यसबाट बच्न नियमित व्यायाम गर्नुहोस् र तपाईंको दिमाग तनावरहित बनाउनुहोस् ।

गम्छाले नबेर्नुहोस् : नुहाइसकेपछि गम्छाले कपाललाई कहिल्यै पनि नबेर्नुहोला । गम्छाले कपाल बेर्दा कपाल चुँडिने र जरा कमजोर हुने गर्छ ।

कतिपय महिलाले आफ्नो लामो कपाललाई गम्छालगायतका कपडाले बाँधेर निर्चोने गरेको पाइन्छ । तर, यसले कपाललाई निकै हानि गर्छ । तसर्थ, नुहाइसकेपछि कपाललाई हल्का छोडिदिनुहोस् र स्वाभाविक रूपमा सुक्न दिनुहोस् ।

तातो पानी प्रयोग नगर्नुहोस् : मनतातो पानी कपाल पखाल्न उपयुक्त हुन्छ । यसले कपालको चाया निको पार्छ । मनतातो पानीले कपालको छाला सफा बनाइदिने भएकाले नुहाएपछि पनि तेल, कपालको टोनिक, कन्डिसनरलगायत चिजहरू कापलको जरासम्म पुग्न पाउँछ ।

मनतातो पानी र साबुनले कपाल सफा गरेपछि चायाबाट बच्न अन्तिममा चिसो पानी प्रयोग गर्नुपर्छ । तातो पानीले कपालको आधारभूत चिल्लो र पोषणलाई फाल्नुका साथै कपाल सुक्खा बनाइदिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्