धिरेन्द्र शाहीले ल्याए नयाँ बान्किको तिज गीत



 प्रेम विवश घर्ती

तुलसीपुर २० साउन । हरेक वर्ष तिज आउँन लाग्दा तिजको गीत लेख्न र गाउन धेरै सर्जक तथा गायक गायिकाहरुलाइ निकै चटारो हुने गर्छ ,त्यस्तै चटारोमा पर्ने गायक मध्य एक हुन धिरेन्द्र शाही । बुवा कल बहादुर शाही र आमा इश्वरी शाही को कोखबाट जन्मियका अहिलेका युवा गायक शाहिले २०७४ सालको हरितालिका तिजलाई मध्यनजर गरी दुइ वटा तिज गीतको कोसेली दर्शक श्रोतामाझ लिएका छन् ।

ठाँटीकाध गाउँपालिका दैलेख मा जन्मियका गायक शाहीले सानै उमेरदेखी गीत सँगीतमा निकै रुची राख्दै आएपनी २०६५ साल देखी आफु निकै शक्रिय भएर गीतसँगीत मा लागेको बताउछन् । गायक शाहीले यस वर्ष “शिरमा फूल सिउँरेकी” र “हातमा सुनका बाला” गरी दुइ तिज गीत बजारमा ल्याएका छन् । जुन गीतमध्य शिरमा फुल सिउँरेकी मा गायक शाही लाइ गायिका टीका पुन ,सविता राना ले साथ दिएकी छिन् भने शब्द कर्ण थापा ले लेखेका छन् र सँगीत गायक आफैले भरेका छन् ।

लोक दोहोरी , देउडा र तिजका गीतहरु गरि हाल सम्म करिब छ दर्जन गीत बजारमा ल्याएका गायक को यो सालको अर्को तिज गीत हातमा सुनका बाला मा लक्ष्मी के सी, लिलु क्षेत्री र प्रमोद डि जी र गायक शाही को स्वर रहेको छ भने शब्द सँगीत गायक शाहीले को नै रहेको छ । हरेक सर्जक ले गर्ने काम भन्दा आफुले फरक सृजना गर्ने गरेको शाही ले बताउनुहुँन्छ ।

२०७१ सालमा झक्कास नामक तिज कोसेली मा गायक प्रेमविवश घर्ती र गायिका सपाना शाही लाइ निकै रमाइला शब्द सृजना गरेर साथ दिए सँगै साही निकै चर्चामा आउनु भएको थियो । यो सालको तिजमा पनी उहाँले निकै रमाइला र मिठा शब्द सँगीत सहित तिजको कोशेली दर्शक श्रोता माझ पस्केका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्