कफीले यसरी बनाउन सक्छ तपाईँलाई गोरी, घरेलु विधिसहित



काठमाडौं । जाडो महिना शुरु भएसंगै मानिसहरु न्यानोका लागि घाम ताप्ने गर्दछन् । जसका कारण उनिहरुलाई घामले प्रत्यक्ष असर गरिरहेका हुन्छ ।

न्यानो हुने तोडमा मानिसहरुलाई घामले डढेर कालो हुदै गएको पत्तो नै हुँदैन । त्यसैले आज हामी तपाईहरुलाई घामले डढेर भएको कालोपनलाई हटाउने उपायको बारेमा जानकारी दिन गईरहेका छौं । छाला डढ्नबाट बचाउन र डढिसकेको छालालाई पुरानै रुपमा फर्काउन कुनै मिहिनेत नै गर्न नपर्ने सजिलो घरेलु उपायको बारेमा बताउन गईरहेका छौं ।

डढेको छालालाई सेतो बनाउन कफीे एकदम प्रभावकारी र महत्वपूर्ण हुन्छ । कफीमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छालामा हानी पुर्याउने विकिरणहरुसंग लडेर छालाको रक्षा गर्दछ । कफीमा हुने कफिनले स्किनमा उर्जा दिई फेसमा रगत आदानप्रदान गर्न सहयोग गर्छ। जसले स्किनलाई एकदम त्वचा र उज्यालो बनाउछ । यसको प्रयोगले अनुहारको चाउरीपन रोक्न समेत मद्धत गर्छ।

विधि यसप्रकारका छन् ।

१ एउटा कचौरामा एक चम्चा कफी पाउडर, एक चम्चा चिनी र एक चम्चा ओलिव ओइल राख्ने र यी सामग्रीलाई मज्जाले मिसाउने । मिसाइसकेपछी अनुहार वा हातखुट्टामा लगाएर सर्कुलर मोसनमा २–३ मिनेट सम्म मसाज गर्ने । त्यसपछि अनुहारलाई पखाल्ने ।

२ फेस मस्कका लागि एउटा सफा कचौरामा एक चम्चा कफी पाउडर र एक चम्चा चामलको पिठो राखेर राम्ररी मिसाउने । त्यसपछि आधा चम्चा मह र २–३ चम्चा दहि राखेर राम्रो संग मिसाउने । यसको पेस्ट बनिसकेपछि अनुहार, घाँटी वा हातखुट्टामा लगाउने । लगाईसकेपछि पेस्टलाई १५ देखि २० मिनेट सम्म सुक्न दिने । त्यसपछि चिसो पानीले पखाल्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्