५ वर्षमा हराएको छोरो १४ वर्षपछि घर परिवार खोज्दै आएपछि…………….



आमा, दिदी र एमाले नेता विवेक श्रेष्ठको साथमा सन्दिप

सैघाली खवर
दाङ २० साउन । बाबुको हात समाउँदै मेला भर्न गएको एउटा ५ वर्षे बालक एक्कासी हरायो । मुटुको टुक्रा भन्दा प्यारो छोरा त्यतिमात्र हैन एउटा नावालक मेलावाट हराएपछि बाबु आमाको मन कति रोयो होला ? त्यो भन्दा त्यो नाबालकको जीवन कशरी वित्यो होला ? सम्झदा पनि कहाली लाग्छ ।
बाबा आमाले छोरा हराएपछि कहाँ कहाँ खोजेनन् तर छोरो भेटिएन् । उनीहरुले छोरोको आश पनि विस्तारै मार्दै गए । उता ५ वर्षिय सन्दिप कुमाल भने मेलामा आफन्तबाट छुट्टीएर हाल अनुसन्धान प्रहरीकै एसपी रहेका देउखुरीकै सरोज डासीको घरमा पुगे ।
डिसीले उनलाई काठमान्डु घरमा काम गराउनुका साथै विद्यालयमा पनि भर्ना गरिदिए । कुमालले ४ कक्षासम्म पनि पढे ।
करिब चार पाँच बर्ष डाँगीकै घरमा बसेको कुमाल दाङ आउने भनेर भाग्दा सिन्धुपाल्चोक पुगपछि महेन्द्र श्रेष्ठ नामका व्यक्तिले सन्चालन गरेको रिसोर्टमा केहि बर्ष काम गरेको बताउछन् ।
केहि दिन अगाडि मात्र आफना आफन्त खोज्दै दाङ आइपुगेका यी युवा छबिलाल कुमाल र तुलसी कुमालका साईला छोरा हुन् । आफ्नो घर ठेगाना भूलेका उनी दाङ आएर पत्रपत्रिकामा समाचार बनेपछि उनका आफन्तले छोरो पाएका छन् । उनी हाल दाङ नेकपा एमालेको पार्टी कार्यालयमा रहेको जिल्ला सचिव विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
१४ बर्ष अघि वेपत्ता भएका बालक आफन्त खोज्दै दाङ आएर आमा र दिदीलाई भेटेपछि सवै परिवार भावुंक भएका थिए । हाल सन्दिप नाम बताउने ति युवाको घर धान खोलाको रङसिङ खोलामा थाहा भएको छ । उनका वुवा घरमै रहेको र आमा मात्र आएकाले वुवा सहित छोरा भएको प्रमाणपत्र लिन लगाएको र परिवारले आधिकारिक प्रमाणपत्र लिएर आएमा शनिवार उनलाई परिवारको जिम्मा लगाउने तयारी भएको नेता श्रेष्ठले बताउनु भयो ।

नावालकमा हराएका उनी १४ वर्षपछि घर आउँदा लक्का जवान मात्र भएका छैनन् संघर्ष र परिश्रमले स्वरोजगार यूवा पनि भएका छन् । उनी हाल सिन्धुपाल्चोकमा ¥याफ्टिङ चलाउने पेशा गरेर आत्मनिर्भर पनि बनिरहेको बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्