इन्स्टाग्राममा १ फोटो पोस्ट गर्दा ८ करोड लिन्छिन् यी सुन्दरी



हिजोआज लगभग हरेक मानिसको जीवन सामाजिक संजालसँग जोडिएको छ । अधिकांश प्रयोगकर्ताले सामाजिक संजालमा लामो समय बिताउँछ् तर केही यस्ता सेलिब्रेटी छन् जसले सामाजिक संजालमा समय मात्र बिताउँदैनन् उनीहरुले यहाँबाट ठूलो आम्दानी पनि गर्छन् ।

अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल बर्माको राम्रो माध्यम बनिसकेको छ । हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् ।

उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ)सम्म चार्ज गर्छिन् । उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् ।

यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् । हेर्नुहोस् सेलेनाका फोटोहरु –

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्