प्रेम विवाह भएको १८ महिनामै अशक्त श्रीमानलाई छोडेपछि… (भिडियो सहित)



रेणु डि.सी,

सुन्दा अचम्म तर वास्तविकता यहि । हो काभ्रे कोशिपारीका प्रदिप पाठकको जिन्दगिमा यस्तै भएको छ । प्रदिप जन्मजात अपाङ्गता हुन् । तर शारिरिक रुपमा उनि अशक्त भएपनि मानसिक रुपमा उत्तिकै सक्षम र सवल छन् ।

मिठो गीत गाउने र मादल बजाउने क्षमता भएका प्रदिपको जिन्दगिमा यतिबेला बिछोडपछिको मिलनको क्षण आएको छ । २०७४ साल बैशाख ६ गते हेटौडाकि पूजा वजगाईसंग प्रेम विवाह गरेका प्रदिप १८ महिनापछि एक्लै भएका थिए ।  कारण संगै जिउने, संगै मर्ने कसम खाएकि श्रीमती पूजाले प्रदिपलाई छाडेर गईन् ।

त्यसपछि एक्लै वस्दै आएका प्रदिपको जिन्दगिमा फेरी मिलनको क्षण आएको छ । मिडियामा प्रदिपले दिएको अन्तवार्ता हेरेर पूजा फेरी आफ्नो श्रीमानसामु फर्किएकि छिन् ।

यस कारण छोडेकि थिईन् पूजाले श्रीमान्……
बि.स.२०७४ सालमा विवाह बन्धनमा बाधिएका पूजा र प्रदिपको जिन्दगि राम्रोसंग चलिरहेको थियो । हाँसिखुशी जिवन बिताईरहेको उनिहरु संगै जिउने संगै मर्ने कसमले त झन् दुई शरिर, एक मन भईसकेका थिए । विवाह भएको एक बर्षपछि २०७५ सालमा पूजा र प्रदिपलाई माईतमा बोलाईयो ।

त्यतिबेला उनिहरुलाई राम्रै व्यवहार गरिएको थियो । तर त्यसको केहि समय पश्चात पूजाका परिवारतिरबाट वारम्वार यस्तो केटासंग कसरि जिन्दगि चलाउछेस भन्ने खालको कुराहरु सुनिन थाल्यो । पूजालाई वारम्वार फकाउन थालियो । यस्तो केटासंग जिवन चल्दैन, छोडिदे भन्ने खालको दवाव आउन थाल्यो । तर पनि पूजाले वुवाआमाको कुरा स्वीकारिनन् । उनले प्रदिपसंग खाएको कसम सम्झिईन् ।

त्यसैले पूजालाई आफन्त भन्दा पनि श्रीमानको साथ प्यारो लाग्थ्यो । तर अन्तमा माईति पक्षबाट कि सदैकोलागि हामिलाई त्याग्, कि श्रीमान त्याग् भन्ने खालको कुरा आउन थालेपछि पूजा पनि सोच्न बाध्य भईन् । जन्म दिने, पढाउने, लेखाउनेदेखि हरेक कर्तव्य पुरा गर्दै आएका वावुआमालाई त्याग्न सक्दिन बरु श्रीमान नै त्याग्छु भन्ने खालको सोच पूजामा आयो । र त उनि कपडा किन्न जान्छु भनि बाहना बनाएर घरबाट निस्किएपछि प्रदिपलाई फोन गर्दै अव मलाई कहिल्यै खोजि नगर्नु भन्दै सदैकालागि मोवाईल अफ गरिन् ।

पूजा भन्छिन्, ‘प्रदिपको मायाँ मलाई असाध्यै थियो तर वुवा आमा पनि त्याग्न गा्रहो भयो, त्यसैले प्रदिपको साथ छोडेर जन्मदिने वुवाआमाको साथ रोजेकि हुँ ।’ पूजा अगाडि भन्छिन्, ‘जिन्दगिभरि अशक्त श्रीमानलाई वोकेर कति दुःख पाउछेस्, जिवन धेरै लामो छ । यस्ता केटा जति पनि पाउछेस् छाड्दे भन्ने खालको मानसिक तनाव मैले दिनहँु सुन्नु पथ्र्यो ।’

जन्मदिने वावुआमाले छोरीको राम्रै भविष्यको कल्पना गरेर आफुलाई यस्तो आग्रह गरेका होलान् भनेर श्रीमान त्यागेको पूजा बताउछिन् । तर मिडियामा श्रीमानले दिएको अन्तवार्ता हेरेर मन सम्हाल्न नसकि फेरी श्रीमान भएकै ठाँउमा कसैलाई जानकारी नगराई आएको उनको भनाई छ । श्रीमानकहाँ आएको थाहाँ पाएपछि पूजाको वुवाले सदाको लागि छोरी मरी, अव यता कहिल्यै नआउनु भनेर चेतावनि दिएको पूजा बताउछिन् ।

यसरि मायाँमा परेका थिए प्रदिप र पूजा…..
पूजासंग भेट हुनु भन्दा पहिला प्रदिप बा्रह पास गरेर घरमा बसेको थिए । दिनहरु बित्दै जादा एकदिन भुलवस प्रदिपबाट रङ नम्वर डाएल हुन पुगेछ । त्यो नम्वर रहेछ पूजाको । यतिकैमा उनिहरुबिच कुराकानि चल्दै गयो ।

फोनमा आवाज मात्र सुनेर एकले अर्कालाई मन पराउन थालेको उनिहरु बताउछन् । जव गहिरो मायाँ बस्यो, प्रदिपले आफ्नो वारेमा सबै बताए । प्रदिपका हरेक कुरा पूजालाई स्वीकार्य भयो ।

पूजाले मन हेरेर मायाँ गरेको शरिर हेरेर होईन भन्ने खालको जवाफ दिईन् । रत कति कुरा नमिल्दा नमिल्दै पनि चार महिना फोनमै कुरा गरेको भरमा विवाह बन्धनमा बाधिए प्रदिप र पूजा ।

प्रदिपको नजरमा पूजा…..
प्रदिप भन्छन्, ‘पूजा एकदमै राम्रि केटि हुन् । म शारिरिक रुपमा अशक्त छु भन्ने थाहाँ हुँदा हुदै पनि पूजाले ति सबै कुराको व्यवास्था गर्दै मलाई जिन्दगि सुम्पिईन् ।’ पूजाले आफुलाई छाडेर गएपनि कुनै दिन फर्किने कुरामा आफु विश्वस्त भएको प्रदिप बताउछन् ।

हुन पनि यस्तै भयो यी दुईको जिन्दगिमा । पूजाले आफुलाई छोडेर गएको कुरा प्रदिप स्वीकानै सक्दैनन् । उनि भन्छन्, पूजाले मलाई आफुलाई भन्दा धेरै मायाँ गर्थिन् तर उनि बाध्यतामा परेकि हु्न ।’

मिलनपछि प्रदिप र पूजा…..
बिछोडपछि मिलन भएको प्रेमिल जोडि प्रदिप र पूजा अहिले निकै खुशी छन् । विचमा जे जस्तो भएपनि अव कहिल्यै एक अर्काको साथ नछोड्ने कसम उनिहरुले मिडियाकै सामु खाएका छन् । आफुहरु सहि भएको र सत्यको नै जित हुन्छ भन्ने कुरालाई प्रमाणित गरेका यि जोडि अहिले मिडियामा भाईरल नै हुन पुगेका छन् ।

पूजा र प्रदिपसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्