‘२०१८’ का पाँच नेपाली फिल्म, जसले बक्स अफिसमा राम्रो कमाई गरे



२०१८ मा रिलिजमा आएका उत्कृष्ट पाँच नेपाली फिल्महरु । यी पाँच फिल्म जसले दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो कलेक्शन गरेका थिए ।

१. छक्का पञ्जा ३

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा ३’ फिल्म २०१८ मा सबै भन्दा बढी दर्शकहरुले रुचाएका थिए । समसामयिक विषयमाथि बनेको यो फिल्मले बक्स अफिसमा १३. ५० करोड भन्दा बढीको कलेक्शन गरेको थियो ।

२०१८ मा नेपाली फिल्म उद्योगको बक्स अफिसमा सबै भन्दा बढी कलेक्शन गर्ने फिल्म पनि ‘छक्का पञ्जा ३’ नै बनेको छ । यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, किरण केसी, अनुराग कुँवार, नीर शाह लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

२. सत्रु गते

मह जोडी जस्ता स्टारको फिल्म ‘सत्रु गते’ले पनि दर्शकहरुको उत्कृष्ट साथ पाएको थियो । निर्माण पक्षका अनुसार यो फिल्मले बक्स अफिसमा १२.५४ करोड भन्दा बढीको कलेक्शन गरेको थियो ।

कमेडी र पारिवारिक ड्रामा ‘सत्रु गते’मा मदनकृष्ण र श्रेष्ठ र हरिबंश आचार्यको साथमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा मुख्य भुमिकामा छन् । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

३. मिस्टर झोले

अभिनेता दयाहाङ र दीया पुन स्टार फिल्म ‘मिष्टर झोले’ले १५ दिनमा बक्स अफिसमा ४ करोड भन्दा बढीको कलेक्शन गरेको थियो । फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

४. लिलिबिली

अभिनेता प्रदीप खड्का र जसिता गुरुङ स्टार फिल्म ‘लिलिबिली’ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । यो फिल्मले ५१ औं दिनको केकसमेत काटेर सेलिब्रेशन गरेको थियो । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

निर्माण पक्षका अनुसार यो फिल्मले ६ करोड भन्दा बढी बक्स अफिसमा कलेक्शन गरेको थियो । फिल्मलाई मिलन चाम्स, सुदीप खड्का र गोबिन्द शाहीले निर्माण गरेका हुन् ।

५. इन्टु मिन्टु लण्डनमा

रेनेशा राईको डेब्यु निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । यो फिल्मले बक्स अफिसमा रिलिजको दोस्रो सातासम्ममा ४.३० करोड भन्दा बढीको व्यापार गरेको थियो ।

यसै फिल्मबाट धिरज मगरले आफ्नो फिल्मी करियर पनि सुरु गरेका हुन् । यो फिल्ममा निर्देशक राईले लण्डनको सुन्दरतासँगै धिरज र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अनस्क्रीन रोमान्सलाई प्रर्दामा प्रस्तुत गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्