कपाल टुक्रिने, झर्ने समस्या छ ? यसरी बनाउनुहोस् लामो र मुलायम



कपालमा प्रयोग गरिने रसायनयुक्त रङ तथा धुलो, धुवाँका कारण कपालको हागाँ फाट्ने, कपाल टुक्रिर्ने झर्ने जस्ता समस्या आउने गर्छन्। यो समस्या धेरैको हुन्छ।

तपाई हामीलाई कपालको सुन्दता कायम राख्न मन पर्छ। आफ्नो कपाल मुलायम, नरम र लामो होस् भन्ने सबैको चाहना हुन्छ। त्यसका लागि हामीले विभिन्न उपायहरु खोजिरहेका हुन्छौँ । तर कपाल राम्रो बनाउने चक्करमा कपाल बिग्रिएको पत्तै पाउँदैनौँ ।

आज हामीले कपाललाई लामो, चम्किलो र नरम बनाउने घरेलु विधिका बारेमा तपाइलाई जानकारी दिने प्रयास गरेका छौँ । यो घरेलु विधिले तपाईको कपाललाई लामो समयसम्म पनि कुनै नकारात्मक असर गर्दैन्।

-लसुनको स्याम्पु बनाउने तरिका
-तपाइले कपाल लामो र सुन्दर बनाउनका लागि लसुनको स्याम्पु प्रयोग गर्न सक्नु हुन्छ। लसुनको स्याम्पु बनाउने विधिका बारेमा पनि तपाईलाई जानकारी दिने छौँ ।


सामाग्री
-१०, १५ पोटी लसुन
-जैतुनको तेल
-टी ट्री आइल
-आवश्यक पर्ने स्याम्पु

बनाउने विधि
-पहिले लसुनलाई छोडाएर सफा गर्नुहोस्।
-त्यसपछि उक्त लसुनको पेस्ट बनाउनुहोस्।
-त्यसपछि पेस्टमा थोरै पानी मिलाएर घोल्नुहोस्।

-त्यसपछि उक्त पेस्टमा एक चम्चा जैतुनको तेल तथा टी ट्री तेलको केही मात्रामा मिलाउनुहोस्।

-त्यसपछि उक्त सामाग्रीलाई स्याम्पुमा राम्रोसँग मिलाउनुहोस्। त्यसपछि तयार भएको उक्त स्याम्पुलाई एक डिब्बामा राम्रोसँग बन्द गरेर राख्नुहोस्।

-त्यसपछि यसलाई नियमित स्याम्पुका रुपमा प्रयोग गर्नुहोस्। यस लसुनको स्याम्यु हप्ताको २, ३ पटक प्रयोग गर्नुहोस् । त्यसपछि पाउनुहुनेछ चमत्कारीक फाइदा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्