नायिका धेरै सेक्सी भएपछि…….



२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाइदिएको हो ।

अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।तर कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो ।

‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन् । केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन’–उनले भनेकी छिन् । ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’

उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्