वैदेशिक रोजगारीमा गएका नेपाली मृत्यु भए परिवारले २२ लाख पाउने



काठमाण्डौ २३ साउन । विदेशमा काम गर्न गएका नेपालीहरुको उतै मृत्यु भए आर्थिक राहत स्वरुप उनका परिवारले अब २२ लाख रुपैयाँ पाउने भएका छन् । बैदेशिक रोजगार बोर्डबाट ७ लाख र जीवन विमा वापत १५ लाख गरी २२ लाख पाउने भएका हुन् । यस बाहेक तोकिएको रोगबाट मृत्यु भएमा थप ५ लाख पाउनेछन् । यसभन्दा पहिला बोर्डबाट मृतकका परिवालाई ३ लाख रुपैयाँ दिने व्यवस्था थियो ।

सरकारले बैदेशिक रोजगार नियमावली २०७४ को संशोधन गरेपछि बोर्डले दिने आर्थिक राहत रकम बृद्धी भएको हो । श्रम स्वीकृती लिएका कामदार साउन १६ देखि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले बताएको कान्तिपुले उल्लेख गरेको छ । विदा वा विरामी भई करार अवधिभित्रै नेपालमै मृत्यु भएपनि राहत रकम पाउनेछ ।

बोर्डले कल्याणकारी कोषबाट दिइने राहत रकम वृद्धी गरेसंगै शुल्क पनि बढाएको छ । तीन वर्षको श्रम करार अवधिको लागि १५ सय र त्यो भन्दा बढीको लागि २५ सय रुपैयाँ शुल्क तिर्नु पर्ने भएको छ ।

२०७३ साल बैशाख १ देखि श्रम स्वीकृती लिई विदेश गएका कामदारहरुलाई १५ लाख जीवन विमाको व्यवस्था गरिएको छ । त्यस्तै सोही वर्पाको माघ १५ देखि श्रम स्वीकृती लिएका कामदारले १५ प्रकारका गम्भीर रोग लागेमा थप ५ लाख विमाको पनि व्यवस्था गरेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा गएका कामदार विरामी भए , अंगभंग वा मृत्यु भए ७ लाख रुपैयाँ सम्म आर्थिक राहत दिने भएको छ । मृतक कामदारको सन्तानलाई १२ कक्षासम्म निशुल्क पढाइदिने, परिवार विरामी भए ५० हजार बराबरको उपचार खर्च दिने व्यवस्था गरिएको छ ।

विदेशमा जेलमा परेका कामदारलाई कानुनी खर्च वापत वकिल शुल्क समेत दिने व्यवस्था गरेको छ । तर अदालतले तोकेको जरिवाना भने दिइने छैन् ।

२०६४ माघबाट बोर्डले कामदारको हितको लागि राहत दिन थालेका हुन् । हालसम्म बोर्डमा चार अर्व १० करोड रकम जम्मा भएको छ । भरखरै थपिएको सुविधा प्रदान गर्न बोर्डले वार्षिक एक अर्बसम्म खर्च हुने अनुमान गरेको कान्तिपुरमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्