जब यस्तो बच्चा जन्मियो….



अमेरिकाको ओक्लाहोमामा एक दम्पती आफ्नोहुनेवाला बच्चाको विषयमा निकै खुसी थिए । तर, १२ औं हप्ताको सोनोग्राफी रिपोर्ट निकै डरलाग्दो थियो ।

सोनोग्राफी रिपोर्टमा देखिएको थियो कि बच्चाको खुख गर्भमै खुलेको थियो र केही चीज उसको मुखबाट बाहिर निस्किएको थियो । डाक्टरलाई लाग्यो कि यो बच्चा बाँच्न सक्दैन त्यसैले गर्भपतन गराउने सल्लाह दिए ।

तर दम्पतीले अस्वीकार गरे । जब बच्चा जन्मियो उसको मुख देखेर सबैको होस उड्यो ।

बच्चा जन्मिएपछि थाहा भयो सोनोग्राफीमा उसको मुखबाट बाहिर निस्किएको चीज उसको जिब्रो थियो । जिब्रो सामान्य थिएन । बच्चाको जिब्रो बेलुनजस्तै फुलेको थियो र उसको मुखबाट बाहिर निस्किएको थियो ।

डाक्टरका अनुसार बच्चालाई ब्याकविथ विडेमेन सिन्ड्रोम नाको खतरनाक रोग लागेको थियो जसका कारण उनको शरीरका कैयौं अंग असामान्य रुपले बढिरहेका थिए ।

डाक्टरका अनुसार यो रोग संसारभरका १४ हजारमध्ये १ बच्चालाई हुन्छ । यो रोगबाट बचाउनको लागि डाक्टरले निकै परिश्रम गरे । करिब १ महिनाको उपचारपछि अहिले बच्चाको अवस्था स्थिर छ ।

अंगहरुको असामान्य विकासका कारण बच्चा क्यान्सरको समेत शिकार भएका छन् । १६ महिनामा उसलाई क्यान्सरका साथसाथै अन्य कैयौं रोगले घेरेका छन् । उनको ज्यान बचाउनको लागि डाक्टरले कैयौं सर्जरी र किमोथेरापी गर्नुपर्यो ।

बच्चाको परिवारका अनुसार उपचारका लागि उनीहरुले ठूलो रकम खर्च गरिसकेका छन् । अझै उपचार गर्न बाँकी छ र यसको लागि ५ करोडभन्दा धेरै खर्च हुने अनुमान छ । यसको लागि परिवारले अनलाई फण्डको माध्यमबाट सहयोग मागेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्