रुसमा विष्फोट : ४ को मृत्यु, ४० बेपत्ता



काठमाडौं– रुसको माग्नितोगोर्स्क शहरमा रहेको ४८ तले एक भवनमा विष्फोट भएको छ । विष्फोटमा परि कम्तिमा चार जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् ।

भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको रुसी समाचार च्यानल वेस्तीले जनाएको छ । त्यसमा सात जना बालबालिका छन् । घाइतेहरुलाई अस्पताल पठाइएको छ ।

विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दै उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्