यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म



 १. अ क्वाइट प्लेस

 

 

जोन क्रासिंस्कीको कथा र निर्देशनमा बनेको यो फिल्ममा उनी पत्नी एमिली म्यारी पापिन्स ब्लन्टले पनि अभियन गरेकी छन्। यो एलियनको आक्रमणबाट आफूलाई बचाउने कथा हो। यो एलियन यस्तो छ, जो सुन्न सक्दैन। यस्तोमा फिल्ममा जोनको परिवार अर्थात उनकी पत्नी र छोरीले यसरी बस्नुपर्छ उनीहरुले थोरै पनि आवाज निकाल्नु हुँदैन, नत्र एलियनले उनीहरुलाई मार्छ। यो निकै राम्रो थ्रिलर हो, जसमा तपाइँ काल्पनिक दुनियामा पुगेर पनि डर महशुस गर्नुहुन्छ। यो फिल्मका प्रत्यो सिन रोमान्चक छन्।

२. शपलिफ्टर

 

जापानी फिल्मकार हिरोकाजू कोरे–एडाको यो फिल्ममा सामान्य चोरको कथा छ। यस्ता चोर जो बच्चा अपहरण गर्छन्, अन्य मानिसलाई कुटपिट गरेर आफ्नो जीवन यापन गर्छन्। चोरको संयुक्त परिवार हुन्छ। यो परिवारको मुख्य मानिस हुन् ओसामू र उनकी पन्ती नोबुयो। टोकियोको एउटा सानो घरमा आबादको ठूलो परिवार आफ्नो वैधानिक आम्दानी बाहेक चोरी र अपराध गरेर आफ्नो जीवन चलाउँछन्।

निर्देशकले यो फिल्ममा अपराधको महिमा गान गरेका छैनन्। तर, फिल्म हेर्दै गर्दा तपाइँलाई चोरमाथि पनि दया लाग्न सक्छ। तपाइँलाई के लाग्छ भने जीवन चलाउन यो आवश्यक छ। एक अर्कालाई निकै माया गर्ने यो परिवारको कहानीलाई कान फिल्म फेस्टिबलमा पाम डी ओर पुरस्कार दिइएको थियो।
३. कोल्ड वार

 

पोल्याण्डको यो फिल्ममा १९५० को दशकको कथा छ। जब युरोपमा पूर्व र पश्चिमबीच भयंकर शीत युद्ध छेडिएको थियो। पश्चिमी युरोप र पुर्वी युरोपको बीचमा फलामाको गाह्रो लगाइएको थियो।  यस्तो अवस्थामा दुई प्रेमी जो एक अर्का बीच बाँच्न सक्दैनन् र एक अर्कासँगै पनि बस्न सक्दैनन्। भिक्टर र जुला संगीतका शोखिन हुन्। उनी एक  सरकारी लोकगीत मण्डली जुटाइरहेका छन्।

निर्देशक पावेल पावलिकोवस्कीको यो फिल्म उनको अस्कर जित्ने फिल्म इडाको अगाडिको कथा सुनाउँछन्। एक अर्कासँग भेट भएपछि पनि यो जोडी सन्तुष्ट हुँदैनन्। निर्देशक पावेलका अनुसार यो उनको आमा बुवाको कथा हो। एक जोडीका रुपमा उनीहरुबीच धेरै झगडा हुन्थ्यो। तर एक अर्काबीच बाच्न पनि सक्दैन थिए। ब्ल्याक एण्ड ह्वाइटमा  शुटिङ गरिएको यो फिल्म शीत युद्धको ऐतिहासिक अवस्थालाई देखाइएको छ।
४. इफ बील स्ट्रीक कुड टक

 

 

यो कथा युवा प्रेमी जोडीको हो। स्टफन जेम्स र किकी लेनले यसमा प्रेमी जोडीको भूमिका निर्वाह गरेका छन्, जो गरिवी, प्रहरी अत्याचार, जातिवादका कारण एक आपसमा छुट्टिनु पर्ने अवस्था आउँछ। जेम्म बाल्डविनको उपन्यासमा आधारित यो फिल्मको निर्देशक ब्यारी जेनकिंसले गरेका छन्। जातिवादबाट पीडित जोडीलाई क्रोधको रुपमा पनि प्रस्तुत गर्न सकिन्थ्यो। तर ब्यारी जेनकिंसले यो फिल्ममा प्रेममा आधारित बनाएर प्रस्तुत गरेका छन्। जहाँ प्रेम घाइते जीवनमा गहिलो मल्हमको काम गर्छ।
५. द फेवरेट

 

ग्रीक निर्देश योर्गस ल्यांथियो मौजुदा समानको यथार्थ चित्रण गर्नकालागि चर्चित छन्। तर, उनको यो फिल्म अंग्रेजी शाही परिवारमा आधारित एक ऐतिहासिक फिल्म हो। निकै आमारपूर्वक  र विस्तारै चल्ने यो फिल्मका प्रत्येक कलाकार रमाइला छन्, संवेदनशील छन्। यो १७ औं शताब्दीको बेलायतको शाही परिवारको कहानी हो।

जसमा बिमारी महारानी एन आफ्नो नजिककी साथी सारा, डचेज अफ मार्लबोरोको सहयोगबाट महत्वकाँक्षी योजना बनाउँछिन्। तर जब फिल्ममा साराकी काकाकी छोरी एमा स्टोनको प्रवेश हुन्छ, तब राजभवन नयाँ षड्यन्त्रको अखडा बन्न पुग्छ। यौन सम्बन्ध पनि खुला हुन्छ र महारानीको नजिक बन्ने होड नै सुरु हुन्छ। डबोरा डेविस र टोनी म्याक्नमाराको कथा निकै रमाइलो छ। फिल्मका तीन चरित्र तपाइँको फेवरेट हुन सक्छन्।बीबीसी।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्