सुपरस्टार सलमानका पाँच सुपर फ्लप फिल्म



बलिउडका सुपरस्टार सलमान खानले सन् १९८८ मा ‘बिबी हो तो ऐसी’बाट फिल्मबाट डेब्यु गरेका हुन । आज सम्म सय भन्दा बढि फिल्ममा अभिनय गरिरकेका छन् । उनले खेलेको फिल्म सबै हिट छैनन् । सलमान खानले अभिनय गरेको फिल्मको लगानी र प्रदर्शनपछिको कमाइलाई हेर्दा उनका ३२ वटा फिल्म फ्लप भएका छन् । सलमानको सुपर प्mलप भएका ५ फिल्म उल्लेख गरिएको छ ।

१. लभ
लभ सन् १९९१ मा रिलिज भएको फिल्म हो । सलमान खान र रेवती मुख्य भुमिकामा रहेको तेलगु फिल्म ‘प्रेमा’ हिन्दी रुपान्तरण गरिएको थियो । तर, प्रेमा फिल्म जस्तो लभले सफलता पाउन सकेन । फिल्म सुरेश कृष्णले निर्देशन तथा स्याम बजाजले निर्माण गरेका थिए । फिल्मले २.५ करोड मात्र कमाएको थियो ।

२. सूर्यवंशी
सूर्यवंशी सन् १९९२ मा रिलिज फिल्म हो । खान, सहिवा, साहिद जाफरी र अमृता सिंहको मुख्य भूमिका रहेको फिल्म पनि फ्लप भएको थियो । फिल्मलाई राकेश कुमारले निर्देशन तथा विजयकुमार गलानीले निर्माण गरेका थिए । यो फिल्मले पनि आफ्नो सम्पूर्ण प्रदर्शनबाट १.५ करोड मात्र कमाएको थियो ।

३. एक लड्का एक लड्की
‘एक लडका एक लडकी’ सन् १९९२ मा प्रदर्शन भएको फिल्म हो । निलम कोथारी र सलमान खानको प्रमुख भूमिका रहेको फिल्म पनि फ्लप भएको थियो । हलिउड फिल्म ओभर बोर्डको हिन्दी रुपान्तरण गरिएको फिल्मले सफलता पाउन सकेन । फिल्मलाई विजय साडनाहले निर्देशन तथा डिडी यान्डेले निर्माण गरेका थिए । फिल्मले जम्मा १.८ करोड मात्र कमाएको थियो ।

४. मेरीगोल्ड
सन् २००७ मा रिलिज भएको फिल्म मेरीगोल्डले राम्रो व्यापार गर्न सकेन । फिल्ममा सलमान खान र अली लार्टरको मुख्य भूमिका रहेको थियो । फिल्मलाई विल्लार्ड कारोलले निर्देशन तथा चाल्र्स साल्मोनले निर्माण गरेका थिए । फिल्मले जम्मा एक करोड मात्र कमाई गरेको थियो ।

५. मे और मिसेस खन्ना
‘मे और मिसेस खन्ना’ सन् २००९ मा रिलिज भयो । सलमान खान, करिना कपूर र सोहेल खान लिड रोलमा रहेको फिल्म पनि सलमानको करियरकै फ्लप फिल्म भित्र पर्दछ । फिल्मलाई प्रमेम सोनीले निर्देशन तथा सोहेल खानले निर्माण गरेका थिए । २०.२ करोडको लगानीमा बनेको सो फिल्मले प्रर्दशनबाट ८ करोड मात्र कमाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्