इटालीबाट उत्तर कोरियाली राजदूत बेपत्ता



उत्तर कोरियाली राजदूत जो सोङ–गिल इटालीबाट बेपत्ता भएका छन्। दक्षिण कोरियाली गुप्तचर अधिकारीले इटालीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन्। उनी पश्चिमा कुनै देशको शरणमा गएको हुनसक्ने अनुमान गरिएको छ। बेपत्ता भएका राजदूत उत्तर कोरियाली उच्च ओहोदाका अधिकारीका छोरा पनि हुन्।

 

दक्षिण कोरियाली सांसद किम मिन–कीले जनाएअनुसार जो सोङ–गिल करिब एक महिनाअघि नै रोमस्थित दूतावासबाट बेपत्ता भएका हुन्।

उनको कार्यकाल नोभेम्बर महिनामा समाप्त हुने भए पनि त्यसअघि नै उनी बेपत्ता भएको बताइएको छ। दक्षिण कोरियाली गुप्तचर निकायले बेपत्ता राजदूत अहिलेसम्म कसैको सम्पर्कमा समेत नरहेको जनाएको छ। यसैबीच इटलीको विदेश मन्त्रालयले उत्तर कोरियाका उच्च कूटनीतिज्ञले शरण मागेकोबारे कुनै जानकारी नरहेको जनाएको छ। उनी सन् २०१७ को अक्टोबरमा इटालीको राजदूत नियुक्त भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्