फ्यानले नै मौनीलाई कस्मेटिक सर्जरीको पसल भनेपछि…



अक्षय कुमारसँग फिल्म गोल्डमा काम गरेकी अभिनेत्री मौनी रोयको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस तस्वीरमा मौनी रेड कलरको आउटफीटमा निकै गार्जियस देखिएकी छन् ।

तर, उनको फिगरलाई लिएर मजाक उडाइएको छ । एक यूजरल कमेन्ट गर्दै लेखेको छ, ‘यी कुपोषणको शिकार भएकी छन् ।’ अर्को यूजरले लेखेका छन्, ‘हड्डीको ढाँचा जस्ती’ ।

मौनीले २००७ मा क्योंकी सास भी कभी बहू थीबाट सानो पर्दामा प्रवेश गरेकी थिइन् । तर, उनलाई पहिचान भने नागिनले दिलाएको थियो ।
उनले २००८ मा जरा नचके दिखा, कस्तुरी, २००९ मा पति पत्नी औ वो, २०१० मा दो सहेलियाँ, फिर कोई है मा काम गरेकी थिइन् । यस्तै २०११ मा देवो के देव महादेव र २०१२ मा जुनूनः एसी नफरत को कैसा इश्कमा काम गरेकी थिइन् ।

मौनीले फिल्मी करिअरको शुरुआत अभिषेक बच्चसँग गरेकी थिइन् । २००४ मा रिलिज भएको फिल्म रनको एक गीतमा अभिषेकसँग मौनीको छोटो भूमिका थियो ।

२००७ देखि हालसम्म ११ वर्षमा मौनीले आफूमा निकै परिवर्तन गराएकी छन् । कुरा उनको लुक्सको गर्ने हो भने फिल्म गोल्डका लागि उनले आफुलाई विशेष किसिमले तयार पारेकी छन् ।

समाचारअनुसार उनले डाइटमा परिवर्तन गर्दै तौल पनि घटाएकी छन् । रिपोट्र्सअनुसार उनले फेसको सर्जरी पनि गराएकी छन् ।

मौनीका अपकमिंग फिल्महरुमा रोमियो अकबर वाल्टर, मेज इन चाइना, मोगुल र ब्रह्मास्त्र हुन् । सामाजिक सञ्जालमा उनको तस्वीरमा आएका कमेन्टहरु यसप्रकार छन् ।

-कतै हावा नउड्नु, नत्र खोज्न जानु पर्छ ।

-गरीबसँग खाना खान पैसा हुँदैन यिनीहरुसँग पैसा त छ खाना भने खाँदैनन्, के काम यस्ता पैसाको, गरीबलाई बाँडिदेउ ।

-केही रोग लागे जस्तो छ अथवा खाना पाएकी छैनन् ।

-कस्मेटिक सर्जरीको पसल ।

-पोलियोकी रोगी लागेकी छन् ।

-पहिला राम्राी लाग्थिन्, तर, अब धेरै एटीट्यूड देखाउँछिन् ।

-प्लास्टिक सर्जरीवाली केटी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्