अपराध नियन्त्रणका लागि नागरिक र प्रहरी सँगसँगै



सैघाली खवर
दाङ २४ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय घोराही दाङको संयूक्त आयोजनामा मंगलवार घोराहीमा भएको एक कार्यक्रममा वोल्ने बक्ताहरुले नागरिक र प्रहरी मिले मात्र जिल्लाको सुरक्षा व्यवस्था मजवुत वनाउन सकिने निष्कर्ष निकालेका छन् ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको सभाहलमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो जनाएका हुन् ।

सो अवसरमा वोल्दै जिल्ला प्रहरी कार्यालय दाङका नि.कार्यालय प्रमुख भुवनेश्वर तिवारी, उद्योग व्यवसायी संघ, होटल व्यवसायी, सुनचाँदी व्यवसायी, मोवाईल तथा ईलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यवसायी, सवारी साधन (अटोमोबाइल) मर्मत तथा सट्टापट्टा गर्ने व्यवसायी, औषधि व्यवसायी र कवाडी व्यवसायी बिच अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणका लागि प्रहरी तथा सरोकारवाला व्यवसायीहरु बिचको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीबाट प्रहरी र सम्बद्ध व्यवसायीहरु बिच समन्वय र सहकार्यको आवश्यकता, कानूनी ज्ञान र अपराध अनुसन्धान कार्यमा व्यवसायीहरुले अपनाउनु पर्ने सुरक्षा सतर्कता, अपेक्षित बिषयहरु बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

प्रमुख अतिथी गजेन्द्र बहादुर श्रेष्ठले व्यवसायी र प्रहरी बिच यस्ता सहकार्य र समन्वयले दाङ जिल्लालाई व्यवसायीहरुका लागि सुरक्षित जिल्ला बनाउन प्रहरीलाई सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
साथै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडले प्रहरी र व्यवसायीहरु बिचमा व्यवसायीको सुरक्षाको लागि यस्ता कार्यक्रमहरु थप आयोजना गर्ने र आगामी दिनमा पनि व्यवसायीहरुले प्रहरीबाट यस्तो अग्रसरताको अपेक्षा गरेको धारणा राख्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्