सुनखानीमा भएको दुर्घटनामा ३० जनाको मृत्यु



अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा भएकाे सुनखानी दुर्घटनामा परी करिब ३० जनाकाे ज्यान गएकाे अफगान अधिकारीहरुले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका छन् ।

स्थानीयहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाल्डाे खनेका थिए । खानीमा काम चलिरहेकाे बेलामा पर्खाल भत्किए पछि दुर्घटना भएकाे हाे। अफगानिस्तामा स्थानीयहरु दशकौंदेखि खानीबाट सुन निकाल्ने व्यवसाय गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्