‘समर लभ’को ट्रेलर सार्वजनिक (भिडियो सहित)



चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कलाकारहरु र लुक्सलाई देखाइएको छ । युवा लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माघ २५ मा रिलिज हुदैछ । आशिष पिया , रेवती क्षेत्रीले यसै चलचित्र मार्फत नेपाली डेब्यु गर्दैछन् ।

यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’का निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सर्व्जनानिक गरिएको हो ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्