डा. गोबिन्द के.सी.ज्यु , तपाई मेरो कुरा सुन्नुहोस् !



डा. गोबिन्द के.सी.ज्यु, तपाई मेरो कुरा सुन्नुहोस् ! तपाईले मात्र होईन, बिगतमा विभिन्न माग राखेर आन्दोलन गरेका र सरकारको कुरामा बिस्वास गरी साक्षिहरुका सामु भएका धेरै सम्झौताहरु कार्यान्वयन भएको देखिन्दैन । सरकारमा बस्नेले आफ्नो सत्ता सुरक्षा सिवाय केही सोचेन । हिजो काग्रेस सत्तामा हुदा पनि तपाईं अनसन बस्नु भएकै हो तर रिजल्ट ? आज सत्तामा बस्नेले आफ्नो हित अनुरुपका ऐन कानुन लियाउने नै भयो भने सत्ता बाहिर रहेकाले बिरोध गर्नु सिवाए कामै केही भएन । फेरी पनि सम्झौता होला तर कार्यान्वयन हुने कुनै निश्चिति छैन ।

किनकी बहुमत दम्बको सरकारले कुरा सुन्दैन । बाहिरकाले गरेको बिरोघ पनि मिडियालाई मसला मात्र हुने गरेको छ । तेसैले आमरण अनसन होईन, बिरोधका बैकल्पिक यात्रा तय गर्नु उचित होला । सरकारमा बस्नेहरु सम्झौता गरि अलमलियाउने मात्र गर्छन भन्ने सत्य हामी सामु स्पस्ट छ । आसा देखाउदा देखाउदै नन्द प्रसाद अधिकारीको ज्यान गयो ।

आज उनिको प्राण गएको यतिका वर्ष हुदा समेत दाहसंस्कार सम्म हुन सकेन । यहाँ सबै फाईदाको ब्यापार मात्र गर्छन् । कुनै पनि बहानामा फेरी हस्पिटलहरुमा बन्द बिरोध, हड्ताल नहोस । अन्यथा नसोच्नु होला । तपाईं जस्तो असल मानिसलाई देशले गुमाउनु हुदैन ।

(खरेल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष हुन् ।)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्