संविधान आयो , ऎन कानुन संशोधन भयो खोइ दलित समुदायका लागि के आयो ?



सरु सुनार

स्वरुप फेरियो घटनाका तर विभेद र छुवाछूत उहीँ रह्यो

अहिले पनि सानो जात , तल्लो जात , डुम , कमारा, अछुत भनी आफ्नै बाटो हिडदा , आफ्नै दुख गरि काम गर्दा नि च्यापै समाती कुट्नु कति सम्म दलित समुदाय माथिको अन्याय बर्बरता हो ?

किन हौसिन्छन यी समुदाय जसले आफुलाइ ठूलो जातको पगरी आफै गुथि मानबता हराएका छन् ? कति सहने हो दलित समुदायले यी अन्याय , विभेदहरु ? ठुला ठुला नेता र ठुला नाम कमाएका ब्यक्तिको भात खाको , ट्वाइलेट गएको पनि समाचार आउँछ तर किन दलित समुदाय माथिका यस्ता जघन्य अपराध र छुवाछूतका घटना मिडियाको हेडलाईन बन्न सक्दैन ?

कालिकोट यी डिल्ली कामीले आफू सानो जात बनाएर यहि समाजको अपमानको बिल्ला भिर्न बाध्य बनाएका समुदाय भित्र पर्ने भएको कारण बिनाकसुर गैरदलितले निर्मम कुटपिट गरे त्यो पनि सानो जात भनी यति मानवीय संमबेदनशिल विषयलाई कसैको चासो र चिन्ता देखिएन ।

खै त जातीय भेदभाव छुवाछूतका घटना नेपालका ठूला दैनिक भनौदा कान्तिपुर , अन्नपूर्ण र नयाँपत्रिकाहरुमा ? अनि कता छन् नेपालकै पहिलो नम्बरका अनलाईन पोर्टलहरु सेतो पाटी , रातो पाटी र अनलाइन खबर ? सेलिब्रेटिका दैनिकी जस्तै यो विषय तपाईंहरुको मिडियाको हेडलाईन बन्न सक्दैन ?

दलित भन्दै कुटेर दात झारेका छन् , टाउको लगायत शरीरका सबै ठाउँ निल डाम र रगत बगेको छ । थुक्क मेरो समाज अलिकति मानवता बचेको छ भने अब त सुध्रे हुन्छ ।

यही दलितका भोटले माननीय बन्नु भएको छ सांसद ज्युहरु सदनमा यी कुरा अहिले तपाईंले उठाउन मिल्दैन र ? नदेखिने घाउ, नलाग्ने चोट तर दुखिरहने बिना प्रमाणको तर सिङ्गो समुदाय माथी भैरहेको छुवाछूत, बिभेद अपमानको निराकरणको लागि २०६८को छुवाछूत सम्बन्धी ऎन र २०७२ को संविधानमा थुप्रै कुरा लेखिदा पनि पटक्कै व्यबहारमा लागु हुन सकेन ? संविधान र ऎन बिपरित जो कसैले यस्ता व्यबहार र घटना घटाउछ भने यो अपराध होइन र ?

यदि हो भने ऎनमा लेखिए अनुसार पिडकले सजाय पाउन पर्ने होइन ?

कालिकोटको डिल्लीकामी माथी भएको जातीय विभेद र कुटपिट यो ब्यक्ती माथिको प्रहार होईन यो सिङ्गो दलित समुदाय माथिको प्रहार हो र अपमान हो , अरुलाइ नदुखे पनि दलित समुदायलाई त दुखोस यस्ता घटनाहरुका दस्तावेज र फाइल बोकि गृहमन्त्री , प्रधानमन्त्रीज्यु सित ज्युहजुर गरि न्याय दिन पर्यो यति घटना घट्यो भनी अब ढोग्न जान छौडौ दलितका अगुवाहरु।

कानुन र न्याय देशमा रहने सबै नागरिकको लागि बराबर हो भने यो न्यायको लागि एक भएर अन्याय विरुद्ध मुठी कस्न सकौं, थोरै भए पनि लाज मान्देउ सरकार।
छुवाछूत र जातीय बिभेदका घटना , समस्या यो राज्यको समस्या हो । बिश्वमा प्राकृतिक सुन्दर देश भनेर चिनिने मेरो देश नेपाललाई अरु देशले नेपाल भित्रको एउटा मान्छेले अर्को मान्छेले छुदा छोइन्छ , सुनपानी छर्कनु पर्छ भन्ने घिनलाग्दो संस्कार थाहा पाएर मेरो देशलाई नराम्रो भनेको सुन्न म सक्दिन  । त्यसैले मलाई मेरो देशको नाम गर्वले लिदा सारै पीडा र आत्मग्यालानि भएको छ ।

मेरो देशमा म अरु जस्तै सम्मानित र स्वतन्त्र भएर बाच्न चाहन्छु । सभ्यताको कुरा सुनिरहदा म मानवताको परिचय खोजिरहेकी छु , म मानव नै होइन र ? हजार पटक आफ्नै अनुहार ऎनामा हेरिरहेकी छु । अरु केही चाहिदैन मलाई म मानव हुनुको आभास दिलाइदेउ, मेरो परिचय दिलाइदेऊ । म मानव, मानव भएर बाँच्न चाहान्छु ।

( लेखिका संचारकर्मी तथा महिला तथा दलित अधिकार कर्मी हुन् )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्