अब त दलित समुदाय आखा उघार ….



 

आँखा उघार…!

पूजा गर्न खोज – मन्दिर पस्न दिदैनन; गजूर, त्रिशुल तिमीले बनाएको हो र पनि! साथीको घरमा नाबालक झुक्केर पस्दा कुट्दै निकाल्छन् – कुकुर पस्दा चाहि तिनका कूल देवता नरिसाउने रे।

 

काठमान्डौमा डेरा खोज, दिन्न – विशेषतः पूजा कोठा छोइन्छ भन्ने डर। संस्कारहरू गर – बाहून आउँदैन। बनारसको ठूलो पूजारी विविसीको एक अन्तरवार्तामा भन्छ – “हिन्दू होनेके नाते मै छुवाछुत मान्ता हुँ!” एक टिभी अन्तरवार्तामा एक प्रसिद्द योगी तथा प्रखर वक्ता भन्छ –

“हुन त दलित पैतालाबाटै जन्मेको हो र व्रामण टाउकाबाट। तर टाउको जस्तै पैताला पनि ता शरीरको अंग हो।” तर्क जे गरे पनि अपमान गर्न हुन्न भन्न नसक्ने! मनुस्मृतिमा लेखिएको छ: अन्य जातिसंग विहे गर्ने अछूतलाई झुन्ड्याएर मार्नू, वेद पाठ गरेको श्रवण गर्नेको कानमा धातू पगालेर हाल्नू – यिनलाई सदैव दाष बनाउँनू। शुद्र भएर एकलव्यले धनुषकला सिकी जातीय धर्म पालन नगरेको देखेर गुरुदक्षिणा मागेको निहु पारी औला छिनाउन लगाई उसको सीप निकम्मा तुल्याउने गुरू द्रोणाचार्य।

……..यस्ता धेरै अपमान, अत्याचार युगौ खप्दै आएका तिमी अझै भन्दैछौ: धर्मले कहाँ विभेद गर्या छ…? तिमीले धर्म त्याग्ने हैन, धर्मले तिमीलाई धेरै अघि त्यागिसकेको छ…!!!

लेखकको निजि बिचार ;;डा. मित्र परियार , हाल लन्डन

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्